कुन्नी किन आज आफ्नो गाँउ सम्झेर रोए
 जन्म दिने प्यारा आमा बाउ सम्झेर रोए
 उकाली ओराली अनि मेलापात संगसंगै गर्ने
 ती साथि संगि आफन्तिको नाँउ सम्झेर रोए
 हराभरा चारैतिर स्वर्गको नै आभाष हुने
अति सुन्दर मनोरम त्यो ठाउ सम्झेर रोए
 बाध्यताले गर्दा आफ्नो जन्मभुमी छोडनुपर्दा
 चहराएको हृदयको घाउ सम्झेर रोए
-चिन्तामणी रेग्मी

0 comments:
Post a Comment