Headlines News :

मृत्युको त्यो संघार मा,छुवाउदा हास्नु तिमी||

Written By Debendra Subedi on Wednesday, May 23, 2012 | 7:02 PM


दैब ले नै मलाई बिष्,,खुवाउदा हास्नु तिमी
मृत्युको त्यो संघार मा,छुवाउदा हास्नु तिमी||

बल्झिए को घाउ माथि,दुनिया ले चोट थपि
पिडा दिई आत्मा मेरो,,रुवाउदा हास्नु तिमी||

रोदन्,देख्दा तिमी लाई,खुशीयाली मिल्ने भए
आफन्त ले अश्रु थोपा,,चुहाउदा हास्नु तिमी||

प्राण पंक्षी आकाशिंदा,,मलामी को साथ लागि
अजाड्,लाग्ने खोली बगर्,धुवाउदा हास्नु तिमी||

योगेन ढोलि

सिङ्गो देश नै खुल्लेआम डढ्दै छ भन्ने सुन्छु

Written By Debendra Subedi on Friday, May 11, 2012 | 8:18 AM

सबैतिर तामझाम बढ्दै छ भन्ने सुन्छु
ब्वाँसोले नि रामनाम पढ्दै छ भन्ने सुन्छु ।

सधैँभरि घाम ताप्दै खान मात्र पल्केको त्यो
छेपारोले कैलाश–धाम चढ्दै छ भन्ने सुन्छु ।

राजनीतिका स्वार्थी कुरा नबुझेर रन्थनिँदै
आफ्नैसित त्यो बुद्धूराम लड्दै छ भन्ने सुन्छु ।

जातीयको आगोभित्र दाजु–भाई युद्ध गर्दा
सिङ्गो देश नै खुल्लेआम डढ्दै छ भन्ने सुन्छु ।


- विद्याप्रसाद घिमिरे

गुण स्तरको छाप नभाको जिन्दगी //

कस्तो आनौठो नाप नभाको जिन्दगी?/
गुण स्तरको छाप नभाको जिन्दगी //

पोल्दै पिटियो भाग्य आरनमा हाल्दै,
बन्यो धारिलो दाप नभाको जिन्दगी //

पुष माघको ठण्डी छेलियो सडकमै,
माया मम्ताको ताप नभाको जिन्दगी //

युद्ध मैदान रै'छ जीवन जित्दा नि,
पिठ्मा स्याबासी धाप नभाको जिन्दगी //

कर्मै रहेछ खोटो चिताको पुग्दैन,
दोषी पुर्पुरो फाप नभाको जिन्दगी//

Under Construction

This Blog is under a Construction process . So dear valuable readers please bookmark this page to come in future while this blog gets completion . Thanks!
-Nepali Novels Team

नेपाली गजल

Read More

Facebook Box

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Novel Nepal - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger