Headlines News :
Home » » सिङ्गो देश नै खुल्लेआम डढ्दै छ भन्ने सुन्छु

सिङ्गो देश नै खुल्लेआम डढ्दै छ भन्ने सुन्छु

Written By Debendra Subedi on Friday, May 11, 2012 | 8:18 AM

सबैतिर तामझाम बढ्दै छ भन्ने सुन्छु
ब्वाँसोले नि रामनाम पढ्दै छ भन्ने सुन्छु ।

सधैँभरि घाम ताप्दै खान मात्र पल्केको त्यो
छेपारोले कैलाश–धाम चढ्दै छ भन्ने सुन्छु ।

राजनीतिका स्वार्थी कुरा नबुझेर रन्थनिँदै
आफ्नैसित त्यो बुद्धूराम लड्दै छ भन्ने सुन्छु ।

जातीयको आगोभित्र दाजु–भाई युद्ध गर्दा
सिङ्गो देश नै खुल्लेआम डढ्दै छ भन्ने सुन्छु ।


- विद्याप्रसाद घिमिरे
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Novel Nepal - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger