Headlines News :

उनको बिबशता

Written By Debendra Subedi on Friday, April 27, 2012 | 10:50 PM

सौन्दर्यको चुरी ठेश खाई चुकी सकेछ
बिछोडमा चर्की मुटु कठै ! दुखी सकेछ

चाहना थियो मिल्ने दोबाटोमै भेटेपछी
मिलानमा आसु झर्दा नजर झुकी सकेछ

संगर्षमा एक्लो भई जोर जुलम भएपछी
चौतारीमा बसी खाको कसम टुटी सकेछ

न्पत्त्याएर पास जाँदा तर्की पर सरेपछी
वियोगमा पूर्ण प्रेमको सागर सुकी सकेछ

अश्रुधारा गह भरी ओझेल पर्दै गएपछी
हृदयको द्वार खोली परचक्री लुकी सकेछ


~इलामे गरुवाली सईलो ~कतार

जवानी यो मेरो आफ्नो ढसाँए त के भो ? ?



जिन्दगी का रस हरु बत्ँए  त के भो ?
DEBENDRA SUBEDI
DEBENDRA SUBEDI
मेरो आफ्नो मन्छे लाई सताँए त के भो ? ?

धोकेबाज रैछौ तिमी छोडी गए पछी
अर्कै सँग घरबार बसाँए त के भो ? ?

कैले काहिँ एकान्त मा सम्झिंएर ति दिनहरु
दुइ-चार थोपा आसुँ खसाँए त के भो ? ?


तिमी लाई सम्झिँएर दुइ-चार महिना पागल बनि
दुंनिया लाई त्यसै मैलें हसाँए त के भो ? ?


जिन्दगी लाई सम्हालेर परा इ घर पुगेपछी
जवानी यो मेरो आफ्नो ढसाँए त के भो ? ?

 Debendra Subedi''deven''


राम कहानी ।

देखेको छु मैले त्यो राम कहानी ।
लेखेको छु मैले त्यो राम कहानी ।

हो हेर्दै गए त्याहा सम्म म खोज्दै ।
भेटेको छु मैले त्यो राम कहानी ।

आफ्नै कर्म खोज्दा खोज्दै नमिलेर!
मेटेको छु मैले त्यो राम कहानी ।

चााहाना कि बाहानामा पछि मेरै ।
रेटेको छु मैले त्यो राम कहानी।

हो एस्तै हुदा धेरै नै कठिनाई ।
झेलेको छु मैले त्यो राम कहानी ।

छन्द~मक्त्कसिनी
sss lss ssl lss
म य त स ,

दिलिप राइ(अञ्जान कान्छा) —

दुःखी बन्दै खोली तारी हिडेको त्यो मान्छे हो म ।

Written By Debendra Subedi on Sunday, April 22, 2012 | 3:16 AM

दुई थोपा आशंू झारी हिडेको त्यो मान्छे हो म ।
न,नीदाई आंखा मारी हिडेको त्यो मान्छे हो म ।

जुनेलीमा आफ्नै छाया अगाडी नै आई पर्दा ।
डराऊदै ठाऊं सारी हिडेको त्यो मान्छे हो म ।

कसैकोनी डाहा छैन म बांच्नेनी चाहा छैन ।
किच्ल्डोमा ज्यानै पारी हिडेको त्यो मान्छे हो म ।

कु'दृिष्टीले हेर्छन् सब्ले मलाई खै त्यसैले त ।
चिहांऊदै घारी घारी हिडेको त्यो मान्छे हो म ।

भलोचाहे जस्को मैले तिनै मेरा दुश्मन् बन्दा!
दुःखी बन्दै खोली तारी हिडेको त्यो मान्छे हो म ।


by Dilip Rai Anjan Kanchha

पल्पसा क्याफे --पुस्तक समिक्षा

Written By Debendra Subedi on Friday, April 20, 2012 | 11:15 PM

नेपाली दैनिक पत्रिका कान्तिपुर’का सम्पादक नारायण वाग्लेद्वारा लिखित पल्पसा क्याफे’ एउटा आधुनिक उपन्यास हो । यसमा लेखकले निकै सरल र सहज ढङ्गमा पत्रपत्रिका भाषाको प्रयोग गरेको छ । 
यस उपन्यासमा नेपाली आम जनता भन्दा अलि उच्च स्तरको व्यक्तिलाई मुख्य पात्रका रुपमा प्रस्क्तत गरेको छ जसमा सामाजिक तथा भौतिक जीवनको पनि उत्तिकै महत्व रहेको छ । बाथरुम जाँदा पनि आधुनिक कम्प्यूटर ल्यापटपको प्रयोग गर्नु च्याट इमेल रेस्टूराँ जाने र त्यहाँ बब् मार्लीको सङ्गीत सुन्ने विदेश जाने प्रवृति बोल्दा बोल्दै वीचमा अङ्रेजी भाषाको प्रयोग गर्ने आदिले हाम्रो देशमा आधुनिकरण भित्रिसकेका छन् भन्ने बारेमा स्पष्ट रुपमा बताउँछ । 
बिगत दश वर्षे जनआन्दोलनमा बलि भएका सहिदहरु र देशले भोग्नु परेका पिडाहरु प्ानि निकै राम्ररी प्रस्तुत गरेका छन् यस उपन्यासमा । नेपाली जनता मुख्यतया गाउँवासी नेपालीलाई कसरी असर परेको थियो र कति डरलाग्दो स्थिति थियो भन्ने कुरा जीवन्त रुपमा प्रकट गरेको छ । सहरमा बस्ने मानिसहरुले त समाचारबाट मात्र सुनेका थियो तर यो पढेपछि ती घटेका दुःखदायी घटनाहरु आफैले प्रत्यक्ष रुपमा भोगेको जस्तै महसुस हुन्छ । कसरी मानिसहरु भेला भइ जङ्गल पसे र कसरी युद्ध सुरु भयो भन्ने बारेमा चर्चा गरिएको छ । 
यस उपन्यासमा मुख्य पात्रका रुपमा दृश्य पल्पसा छिरिङ फूलन सिद्धार्थ आदि र अन्य सहयोगी पात्रका रुपमा रहेका छन् । हरेक पात्रको भूमिका फरक फरक रहेको छ र सबैका आ-आफ्ना विशेष्ता रहेका छन् । 
दृश्य एक चित्रकार हो । उ देश विदेश घुमी चित्र कोर्ने गर्दछ । मानिसहरु भन्छन् चित्रकारहरुको स्वभाव आम मानिसभन्दा अलि भिन्दै हुन्छ । यस उपन्यासमा पनि दृश्यको चरित्र अलि भिन्दै छ । उसलाई शान्त वातावरण मनपर्छ र एकान्तमा बस्न रुचाउँछ । अरु कसैसगँ उसको त्यती मेलमिलाप छैन । उसले आफ्नो चित्रहरु सङ्कलन गरी आफ्ना कृतिहरु प्रकाशित गरेका छन् । यीनै कृतिले गर्दा दृश्य र पल्पसाको भेट भारतीय शहर गोवामा हुन्छ । पल्पसा दृश्यका ती कृतिहरुबाट निकै प्रभावित हुन्छे र त्यसै कारणले तिनीहरुको मित्रता बढ्छ । 
पल्पसा एउटी तरुनी युवती हुन् जो भख्खरै विदशबाट नेपालमा बस्ने भनेर फरकेको हुन्छ । विदेशमा हुर्कीएकोले उनी नेपाली बोल्दा वीचमा अङ्रेजी भाषाको प्रयोग गर्छे चाचल स्वभावकी छ र जे कुरा पनि खुलस्त रुपमा भन्छिन् । उनलाई विदेश फर्कने रहर छैन । दृश्यलाई भेटेपछि नेपालमा बस्ने इच्छा अझै बढ्छ । उनलाई आफ्नो हजूरआमासगँ बसी यहीँ काम गर्ने इच्छा छ । पल्पसासगँको मित्रता बढेपछि दृश्य हजूरआमासगँ पनि नजिक हन्छ र हजूरआमालाई पनि दृश्य आफ्नो छोरा जस्तै लाग्छ । त्यसैगरी अरु पात्र छिरिङ दृश्यको मिल्ने मित्र हो । फूलन दृश्यको सेक्रेटरी हो । अन्तिममा दृश्यलाई पल्पसाको नाममा एउटा क्याफे खोल्ने इच्छा हुन्छ जसमा उ पल्पसा सिरिज भनि आफ्नो पल्पसाका बारेमा चित्रहरु प्रस्तूत गर्न चाहन्छ । 
काठमाडौँमा एक दिन बडो नराम्रो घटना हुन्छ । ह्ाम्रो पुजनीय राजा बिरेन्द्र तथा राजदरबार हत्याकाण्डको असहिय घटना घट्छ र देशलाई अशान्तिको कालो बादलले ढाक्छ । देशमा प्रलय आउँछ । बन्द हडताल कर्पु्यू बम बिस्फोटन नैराश्यता दुःख पिडा आदिको आगमन हुन्छ । विस्तारै जङ्गल पस्न गाउँ-गाउँबाट मानिसहरु पार्न शुरु हुन्छ । यसरी नै हाम्रो देशमा सङ्कटकालले पाइला टेक्छ र यु¢ तथा आन्दोलन हुन्छ । यसै गरी बिभिन्न अपि्रय घटनाका साथ कथा अगाडि बढ्छ । 
प्रेमको मिठास संसगैँ यु¢को भयलाई साथसाथै लगेको छ । आफ्नो गाउँघरप्रतिको प्रेम देशप्रतिको प्रेम लेखकप्रतिको प्रेम कलाप्रतिको प्रेम प्रेम-प्रेमिकावीचको प्रेम आदिले प्रेमको परिभाषा दिएको छ । त्यसैगरी पुस्तान्तरको प्रतिध्वनि पनि प्रस्तुत गरिएको छ । लोकतन्त्रको गुाजन पनि पाइन्छ यसमा । आप्रवासी चेतनाको पनि वर्णन छ । भूमण्डलीकरणले गर्दा यूवा पिडीमा प्रभाव परीसकेको भन्दै देखाउँदै नयु संस्कृतिले घेर्दै गएको पनि प्रस्तुत गरेको छ । 
वाग्लेले आफ्नो कथाले सबैको मन छुन सफल भएको छ । कथालाई निकै रोचक ढङ्गले अगाडि बढाएको छ । यस उपन्यासले हरेक नेपालीको मर्मलाई शब्दमा उतार्ने कोशिश गरेको छ र सफल पनि भएको छ । तसर्थ मदन पुरसकार प्राप्त गर्ने यो उपन्यास नारायण वाग्लेको एउटा उत्कृष्ट रचना हो भने फरक नपर्ला ।

म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु


थाहा छ मानुषी ! आज मलाई तिम्रो धेरै याद आयो । आज दिउँसो ‘टपरेबाहुन’ ले टुविटर मा ‘म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु’ भनेर टुविट गरेका थिए । अनि मलाई पनि यही गित सुन्ने हुटहुटी चल्यो, अनि अनायासै तिम्रो धेरै याद आयो मानुषी ! टुविट भन्दा तिमी छक्क पर्यौ होला है, म हिजो आज टुविटर धेरै चलाउँछु नि, फेसबुक ले दिक्कै लाइसक्यो । थाहा छ, आज मैले दिउँसो देखि अहिले सम्म पनि प्रदिपराज पाण्डे कै आवाज सुनिरा’को छु ।
“म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु…
…यो सहर तिमीलाई दाइजो छोडेर जाँदैछु”
थाहा छैन मानुषी, यो गित गितकार ले के हिसाब ले लेखेका थिए, संगितकार ले के सोचेर संगित भरेका थिए अनि गायक ले कुन भाव मा गाएका थिए । गित ले त भन्छु, “म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु, तिमी सँग नभेट्ने कसम खाँदैछु…” तर मलाई यही गित ले गर्दा नै तिमीलाई कहिले भेटौँ कहिले भटौँ जस्तो भएको छ । सायद, दशैँ को बेला घर जानु पर्ने भएकोले, मलाई यो गित मेरै लागि बनेको हो कि जस्तो लागेको छ मानुषी । तर जेहोस् मानुषी, ‘म केही दिन को लागि तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु…’
boy n girlमृगस्थली को वन एक्लै चहार्दा त कति रमाइलो भो, झन् साथै मा तिमी भएको भए झनै मज्जा हुन्थ्यो होला है ! थाहा छ मानुषी, आज फेरि एक्लै हिँडे तिमीलाई खोज्दै ! चावेल बाट पैदलै छिचोलेँ, गुह्येश्वरी र पशुपति ! मलाई किन किन हिँड्न औधि मनपर्छ, तर थाहा छैन, तिमीलाई के मन पर्छ । मृगस्थली वन मा पुग्दा,मलाई त्यसै त्यसै रमाइलो लाग्छ, अझ पशुपति को पू्र्वपट्टि को डिल मा बसेँ भने त हिँड्नै मन लाग्दैन । मलाई त्यहाँ बसेपछि कहिले रात नै नपरे हुन्थ्यो भने झैँ लाग्छ तर त्यो आरती हेर्न साँझ कुर्नैपर्छ हैन र ? 
अँ, साँच्ची मैले कर्णाली ब्लुज पनि पढेँ नि ! आफूलाई त आफ्ना वाल्यकाल सबै याद आयो ! तिमीले नि पढ्यौ होला है, तिमीलाई पनि रमाइलो लाग्यो होला ! त्यो पढेको भए, तिम्ले मेरो जिवन पनि बुझ्यौ होला, लगभग उस्तै रहेछ, उसको र मेरो कथा पनि, केही अपवाद बाहेक ! कहिलेकाँहि त झोँक पनि चल्छ, आफ्ना कुरा पनि त्यसैगरि लेखौँ झैँ लाग्छ तर म अहिले नै उपन्यास त कहाँ लेख्न सक्छु र !
अर्को कुरा, अस्ति म सिटिसेन्टर गा’को थिँए  नि ! तर तिमीलाई भेट्न भने हैन है, पछिल्लो समय मा साह्रै राम्रा लागेका साथिहरु भेटेको नि ! तिमी चिन्छौ नि हैन, प्रमोद अनि ईश्वरलाई, अनि काका बा को पसल मा गएर दशैँ सपिङ नि गर्दिएँ नि ! तर चिन्दिनौ होला, तिम्लाई मैले केही भनेकै छैन । साँच्चि, कत्ति गज्जब का मान्छे छन् है उनीहरु पनि ! ३ घन्टा बसिएछ, तर मलाई त त्यो बसाइ साह्रै छोटो लाग्यो नि मानुषी ! अझ तिमीलाई भेट्दा त दिनभरि बसे पनि १ मिनेट जस्तो मात्र लाग्छ होला है मलाई !
मृगस्थली मा त्यो चिया पसल की साहुनी अझै तिनै रहिछन् । पोहोर जाँदा पैसो तिर्न नसकेर फर्केको याद थियो मलाई,आज पनि त्यहाँ पुगेपछि त्यही कुरा याद भो ! पहिले त पर्स नै हेरेँ, पैसो रहेछ अनि चिया पिँए । साँच्चि कस्तो शान्त र सुन्दर छ नि त्यो ठाउँ ! अझ के भनन, त्याँ छेउ कै पसल बाट एउटा बाँदर ले रियल जुस उडाइदियो नि ! त्यसको पछि पछि लठ्ठि लिएर एउटा केटो रियल फिर्ता ल्याउन दौडेको थियो, तर बिचरो ले के सक्थ्यो, पशुपति का बाँदर सँग !  बाँदर ले वल्लो हाँगा र पल्लो हाँगा गर्दै खायो नि सबै ! हामी त हेरेको हेरेकै !
अझ एउटा बुढो आफूलाई ‘लभ गुरु’ भन्दै आ’को थियो । ती  चिया पसल का केटीहरुले के अर्थ लाइदे थाहा छ, एउटी बुढी आइमाइलाई,  भन्दिए, लभ गुरु भन्या पाले हो, यहाँ बाँदर आयो भने धपाउँछ ! त्यो परिभाषा सुनेर बुढो त चुप्पो लाग्यो । अनि त्याँ पर तरकारी बेच्ने एउटा बुढो ले अर्की तरकारी पसल्नीलाई भगाइदिएछ । त्यै चिया पसल को दिदी ले भन्दै थिइन् छोरी क्याम्पस पढ्ने, आमा पोइला जाने ! के के हुन्छ है यहाँपनि ! अनि खैरेहरु चाँहि, बाँदर को फोटो खिच्दै थिए, कुनै पोज दिएका जस्तो गर्थे कोही चाँहि क्यामरा नै खोसुँला  झैँ गर्थे ।
तर ती सबै कुरा देखिरहँदा पनि, मेरो कान मा यही गित ‘म तिम्रो सहर छोडी टाढा, टाढा जाँदैछु…” बजिरहेको थियो । किन किन मलाई एक किसिम ले लठ्ठ बनाइदिएको थियो । साँच्ची तिमी कति जाति छौ है ! थाहा छ, मेरा धेरै साथि थिए, तिम्लाई नि थाहा छ नि, एउटी सबैभन्दा स्पेशल साथी थिइ ! तर मलाई अहिले त्यो मान्छे पटक्कै मन नै पर्दैन, के भा’को होला है ! दु:ख मा सम्झिने मान्छे ले सुख मा नि सम्झीन्छ भन्ने सोच्थेँ तर यो कुरा गलत रहेछ मानुषी, त्यो मान्छे को संगत ले यही थाहा पाएँ ! त्यही भएर त त्यो मान्छे मलाई मन पर्देन नि ! म त्यो मान्छे सँग चाँहि भेट्दिन है !
मानुषी, तिमीलाई थाहा छ नि, मैले एउटीलाई मन पराएको थिँए । तर हेर, साथ हिँड्दा हिँड्दै म कता छाडिँए कता, थाहा नै भएन ! म उसको भूत र वर्तमान को साक्षी भएर उभिएको छु । यस्ता कुरा लेख्दा, म झ्याप छै कि भन्ने शंका लाग्या होला है तिम्लाई तर त्यसो हैन मानुषी ! मेरो कुरा सुनिदिने तिमी मात्र छौ नि त, त्यही भएर तिम्लाई भनेको ! अब देखि बेला बेला मा, तिमीलाई म आफ्ना कुरा सुनाइरहन्छु ल ! म अझै, उसकै छेउछाउ त छु तर बाटो अर्कै भइसकेको छ, मानुषी ! तर यति चाँहि भन्छु कि, अहिले सम्म उ जस्तो मान्छे अरु फेला पार्न सकिन, उ कत्ति पनि बद्लिएकी छैन ! उ यत्ति नजिक छे, म भन्नै सक्दैन, त्यसैले त उ मेरो वेष्ट फ्रेन्ड नि ! थाहा छ मानुषी, फेसबुक, ब्लग र टुविटर मा देख्नेहरु ले के के सोच्छन् तर मेरो मन मा तिमी मात्रै छौ, मानुषी ! तर मानुषी तिमी किन फेसबुक मा छैनौ, नभए त मैले अहिले सम्म तिमीलाई भेटिसक्थेँ ।  अस्ति उसैलाई ट्रिट दिएको नि मैले, आफू ले तेस्रो वर्ष पास गरेको उपलक्ष्य मा !  कहिले काँहि मोबाइल नेटवर्क ले धोका दिँदा, मलाई उसैको याद आउँछ ! कस्तो विचित्र को छ है, मेरो कथा पनि !
दशैँ आइसक्यो नि ! अनि तिमीले दशैँ सपिङ पनि गर्यौ होला है, के किन्यौ ? न्युरोड नै गयौ होला, तर कत्ति भिड छ है न्युरोड मा ! अस्ति म पनि न्युरोड मै गा’को त हो नि, सपिङ गर्न भनेर ! सपिङ त के भन्नु त्यै नि काका को पसल मा पुगिएको थियो । अनि थाहा छ, त्याँ यत्ति भिड थियो कि, साँझ त सबै गाडि न्युरोड गेट मै रोकेका थिए ट्राफिक ले ! साँच्चै दशैँ लागेको रहेछ ! अब आफू पनि घर गइन्छ ! तिमी के गर्छौ नि मानुषी ?  तिमी नि घर नै जान्छौ होला तर तिम्रो घर कता हो, मैले सोधेकै छैन है तिमीलाई ! केही छैन, केही दिनलाई म तिम्रो सहर छोडेर जाँदै छु, चाँडै फर्किन्छु !
अर्को कुरा, आज त तिनकुने देखि जडिबुटि सम्म को छ लेन को बाटो उद्घाटन भो नि ! अनि कोटेश्वर देखि, हिँड्न आफलाई कत्ति मज्जा भा’को थियो, आफ्नो घरसम्म । काठमाडौँ पनि अब चाँहि राजधानी भन्न सुहाउला है ! लोडसेडिङ र फोहोर भन्या त जहाँ पनि भैहाल्छ नि ! तथ्याङ्क नै हेर्ने हो भने, काठमाडौँ  मा फोहोर विश्व का अन्य देशका सहरहरु का फोहोर भन्दा धेरै कम छ नि ! फरक यत्ति हो, हाम्रो सहर को फोहोर राम्रो सँग व्यवस्थापन हुन नसकेको मात्रै हो ।
एयरपोर्ट को अगाडि पनि गेट धमाधम बन्दै रहेछ !  मानुषी तिमीलाई थाहा छ नि, २०११ त नेपाल टुरिजम वर्ष हो ! अनि त्यसका लागि आधारभुत सुविधाहरु हामी कहाँ उपलब्ध छन् । नेपाल को एयरपोर्ट को ट्वाइलेट फोहोर छ भनेर खैरे नआउने हैनन्, अनि काठमाडौँ फोहोर छ भनेर पनि न-आउने हैनन् । उनीहरु त आउँछन् सुविधा सम्पन्न होटल मा बस्छन् ! ३६५ दिन नै फोहोर देख्ने हामीलाई मात्र गाह्रो हो ।
अनि मानुषी, तिमि आज कता थियौ ! मैले बाटो मा भेटिएका सबैजसो मा तिमीलाई खोज्दै थिँए । एयरपोर्ट नजिक त हात पनि हल्लाएको थिँए तर तिमी होइन रहेछौ । अनि कोटेश्वर मा पनि देखे जस्तो लाग्यो तर मेरो भ्रम मात्र रहेछ मानुषी ! साँच्चि तिमी कता छ्यौ के ?  म एकान्तप्रेमी हो कि एकलकाँटे हो आफैँलाई थाहा छैन । आज पनि एक्लै घन्टौँ विताइदिँए ! साँच्चि, त्यो च्याट मा एउटी नातिनी पनि छे आफ्नो, मलाई सँधै बाजे भन्छे ! उ पनि मेरो एक राम्री साथी हो नि ! अनि मानुषी त्यो पछिल्लोपटक झुल्किएकी केटी पनि, एकदम सरल छे है ! नरिसाउ है मानुषी, अब केटाहरु को च्याट मा केटीहरु स्वाभावत धेरै भइहाल्छन नि ! दुइ दिन को जिन्दगानी, गफगाफ गर्दै मा के नै जान्छ र ! तर ती टुविटरवालाहरु ले पो, कहिले काँहि गाह्रो पार्दिन्छन् त !  तर मानुषी तिमी त मेरो च्याट मा पनि छैनौ । सायद तिमी इन्टरनेट सँग जोडिएकै छैनौ होला है, हैन भने त मैले तिम्लाई भेटिसक्थेँ !
थाहा छ मानुषी, मेरो घर त तराइ हो नि ! कसैले मधेस भन्यो भने, झनक्क रिस उठ्छ ! तिमीलाई त के तराई के मधेस है, मेरो कुरा ले टाउको घुमाइरा’को होला ! कहिले के भनिरा’को छु, कहिले के ! त्यै बाग्मती नजिकै छ के, हाम्रो घर ! बाग्मती त यही काठमाडौँ कै हो, तर हाम्रो तिर त कस्तो सफ्फा छ, तिमी ले देख्यौ भने तिमी खुशीले पागल हुनेछौ । आफ्नो कुरा गर्दा गर्दा, तिम्रो बारेमा त सोध्नै बिर्सेको मैले ! साँच्ची तिमीलाई कस्तो छ मानुषी ? सञ्चै नै छौ होला, दशैँ लागेको होला है तिम्लाई पनि ! अनि साँच्चै हाम्रो भेट कहिले हुन्छ त मानुषी ? म त तिमी सँग कहिले भेट होला भन्दै दिन गनेर बसिरा’को छु ।
आजलाई यत्ति है मानुषी ! बाँकि अर्को भेट मा ! मानुषी तिमीलाई दशैँ को धेरै धेरै शुभकामना छ है ! ‘म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु, तिमी सँग चाँडै भेट्ने कसम खाँदैछु’ !

चिता माथि राखि मलाई, तिमिलेनै जलाईदिनु !!

लेख्दै छु है अन्तिम पत्र ,यो पत्र चै पढीदिनु 
म मर्ने बेला बिन्ति, मेरो आगन टेकिदिनु !! 

गए पछि सास मेरो, अरु सितैई रोईदिनु 
ओडी राको सल झिकि, मेरो मुख छोपिदिनु !! 

घारो माथि राख्दा मलाई, पहिलो पत्र खोलीदिनु
खोलि व्याग सबै पत्र मेरो ,छाति माथि राखिदिनु !!

लादा मलाई घाटमा तिमि, मलामि बनि गईदिनु
चिता माथि राखि मलाई, तिमिलेनै जलाईदिनु !!

जल्नु भन्दा पहिला शरीर, मुटु मेरो निकालदिनु
त्यही मुटु चिरि तिमि, तिम्रो माया हेरिदिनु !!

हेरि सके पछि माया, बिन्ति अब नरोईदिनु
चिरिएको मुटु मेरो, चितै माथि फर्काईदिनु !!


Jeevan Thapa

मेरी आमा

ठेस लागि लडे भने रुन्थिन मेरी आमा 
छेउै बसी मेरै कुरा सुन्थिन मेरी आमा !!

आँटो पिठो मिठो नमिठो भन्दा पनि
मेरो निम्ती गिलीमाम चुन्थिन मेरी आमा

उद्रिएको चोली टाली लाउथिन सधैं उनी
मेरै निम्ती टोपी मोजा बुन्थिन मेरी आमा!!

रिसाउदै घुर्काएर अनेक थरी बोल्दा
हत्तपत्त मेरो मुख थुन्थिन मेरी आमा!!



‎-जीतु खड्का गाउले

मैले कैले सकौला र तिम्रो ऋण चुकाउन

देखावटी हाँसो हाँस्यो भित्री पीर लुकाउन|
मेरै गल्ति हुँदा पनी दिएनौ शिर झुकाउन| 

जन्म दियौ भेलहरु बगाएर रगतका,
मैले कैले सकौला र तिम्रो ऋण चुकाउन| 

परदेशी'भै तिमीलाई सुख दिन नसके'नी,
कैले पनी नपरोस् है तिम्रो मन दुःखाउन|

सधैभरि गहँभरि आँसुको भेल बगीरहे,
सकिन नी मेरी आमा तिम्रो आँसु सुकाऊन|

तस्बीर हेरी रुने गर्छु आमाको मूख हेर्ने दिन,
सकिन'नी तिम्रो सामु मनको पीर फुकाउन| 



By Pawan Gharti Magar Bibas

शहीदलाई

गोलीका पर्रा,रगतका छिर्का संगिनको धारमा बसेर।
छाती नै खोली अगाडी बढ्ने दरिलो कम्मर कसेर।
सुतेका सारा निर्धाहरुलाई जगाउँदै हिँड्ने जागीलाई, 
सम्मान छ हाम्रो मूक्तीको बाटो देखाईदिने शहीदलाई।

by Jeevan Sharma



जीवन संघर्ष

संघर्षलाई कर्तव्य ठानेर
परिवर्तनको चित्र बोकी
Jit Bahadur Lama
निरन्तर अविचलित यात्रा गरिरहेको
जीवन हुँ म
यो यात्रमा कसैको सहमत होला
कसैको विमत होला
कसैको सहनुभूति मात्र होला
तर जे सुकै होस
यही यात्रामा मेरो जीवन छ
त्यही जीवनमा मेरो प्राण छ
जहाँ जीवन छ त्यहाँ विचार छ
जहाँ विचार छ त्यहाँ संघर्ष छ
जहाँ संघर्ष छ त्यहाँ अस्तित्व छ
जहाँ अस्तित्व छ त्यहाँ फेरी जीवन छ ।
जीवनसँग संघर्षको भाका छ
बलिदानको शब्द छ
वर्गसंघर्षको चेतना छ
विद्रोहको मसाल छ
साम्यवादको सपना छ
देशभक्तिको भावना छ
हजारौ हजारको ताली पाएर पनि
बाटोमा एक्लै हुन्छन जीवन
कयांै सहयात्रीलाई विचैमा छोडी
एक्लै हिंड्न विवश हुन्छन जीवन
तैपनि कुनै गुनासो छैन
विचलित हुँदैन कहिल्यै जीवन
किनकी जीवनमा रक्तिम रंग छ
आमूल परिवर्तनको खाका छ
त्याग र तपस्याको भावना छ
अमर शहिदहरूको नासो छ


by Jit Bahadur Lama

आमा

Debendra Subedi 'Deven'
Debendra Subedi 'Deven'
सम्झिदै मलाई किन रुन्छौ आमा ?
पिंडा त्यो आँशुले किन धुन्छौ आमा ? 

फर्केर म आउदैछु आफ्नो घर
अर्का को कुरा किन सुन्छौ आमा ? 

पुजेको छु सधैँ तिम्रो तस्बिर
बिरानो झैं तिमी किन हुन्छौ आमा ?

टाढै बाट भए नी पुकार्छु दिनै
नसुने झै कान किन थुन्छौ आमा ?

म पनी त एक्लै तड्पेछु यहाँ
अनेकौ ति कुरा किन गुन्छौ आमा ?


Debendra Subedi 'Deven'

Under Construction

This Blog is under a Construction process . So dear valuable readers please bookmark this page to come in future while this blog gets completion . Thanks!
-Nepali Novels Team

नेपाली गजल

Read More

Facebook Box

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Novel Nepal - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger