Headlines News :
Home » » पल्पसा क्याफे --पुस्तक समिक्षा

पल्पसा क्याफे --पुस्तक समिक्षा

Written By Debendra Subedi on Friday, April 20, 2012 | 11:15 PM

नेपाली दैनिक पत्रिका कान्तिपुर’का सम्पादक नारायण वाग्लेद्वारा लिखित पल्पसा क्याफे’ एउटा आधुनिक उपन्यास हो । यसमा लेखकले निकै सरल र सहज ढङ्गमा पत्रपत्रिका भाषाको प्रयोग गरेको छ । 
यस उपन्यासमा नेपाली आम जनता भन्दा अलि उच्च स्तरको व्यक्तिलाई मुख्य पात्रका रुपमा प्रस्क्तत गरेको छ जसमा सामाजिक तथा भौतिक जीवनको पनि उत्तिकै महत्व रहेको छ । बाथरुम जाँदा पनि आधुनिक कम्प्यूटर ल्यापटपको प्रयोग गर्नु च्याट इमेल रेस्टूराँ जाने र त्यहाँ बब् मार्लीको सङ्गीत सुन्ने विदेश जाने प्रवृति बोल्दा बोल्दै वीचमा अङ्रेजी भाषाको प्रयोग गर्ने आदिले हाम्रो देशमा आधुनिकरण भित्रिसकेका छन् भन्ने बारेमा स्पष्ट रुपमा बताउँछ । 
बिगत दश वर्षे जनआन्दोलनमा बलि भएका सहिदहरु र देशले भोग्नु परेका पिडाहरु प्ानि निकै राम्ररी प्रस्तुत गरेका छन् यस उपन्यासमा । नेपाली जनता मुख्यतया गाउँवासी नेपालीलाई कसरी असर परेको थियो र कति डरलाग्दो स्थिति थियो भन्ने कुरा जीवन्त रुपमा प्रकट गरेको छ । सहरमा बस्ने मानिसहरुले त समाचारबाट मात्र सुनेका थियो तर यो पढेपछि ती घटेका दुःखदायी घटनाहरु आफैले प्रत्यक्ष रुपमा भोगेको जस्तै महसुस हुन्छ । कसरी मानिसहरु भेला भइ जङ्गल पसे र कसरी युद्ध सुरु भयो भन्ने बारेमा चर्चा गरिएको छ । 
यस उपन्यासमा मुख्य पात्रका रुपमा दृश्य पल्पसा छिरिङ फूलन सिद्धार्थ आदि र अन्य सहयोगी पात्रका रुपमा रहेका छन् । हरेक पात्रको भूमिका फरक फरक रहेको छ र सबैका आ-आफ्ना विशेष्ता रहेका छन् । 
दृश्य एक चित्रकार हो । उ देश विदेश घुमी चित्र कोर्ने गर्दछ । मानिसहरु भन्छन् चित्रकारहरुको स्वभाव आम मानिसभन्दा अलि भिन्दै हुन्छ । यस उपन्यासमा पनि दृश्यको चरित्र अलि भिन्दै छ । उसलाई शान्त वातावरण मनपर्छ र एकान्तमा बस्न रुचाउँछ । अरु कसैसगँ उसको त्यती मेलमिलाप छैन । उसले आफ्नो चित्रहरु सङ्कलन गरी आफ्ना कृतिहरु प्रकाशित गरेका छन् । यीनै कृतिले गर्दा दृश्य र पल्पसाको भेट भारतीय शहर गोवामा हुन्छ । पल्पसा दृश्यका ती कृतिहरुबाट निकै प्रभावित हुन्छे र त्यसै कारणले तिनीहरुको मित्रता बढ्छ । 
पल्पसा एउटी तरुनी युवती हुन् जो भख्खरै विदशबाट नेपालमा बस्ने भनेर फरकेको हुन्छ । विदेशमा हुर्कीएकोले उनी नेपाली बोल्दा वीचमा अङ्रेजी भाषाको प्रयोग गर्छे चाचल स्वभावकी छ र जे कुरा पनि खुलस्त रुपमा भन्छिन् । उनलाई विदेश फर्कने रहर छैन । दृश्यलाई भेटेपछि नेपालमा बस्ने इच्छा अझै बढ्छ । उनलाई आफ्नो हजूरआमासगँ बसी यहीँ काम गर्ने इच्छा छ । पल्पसासगँको मित्रता बढेपछि दृश्य हजूरआमासगँ पनि नजिक हन्छ र हजूरआमालाई पनि दृश्य आफ्नो छोरा जस्तै लाग्छ । त्यसैगरी अरु पात्र छिरिङ दृश्यको मिल्ने मित्र हो । फूलन दृश्यको सेक्रेटरी हो । अन्तिममा दृश्यलाई पल्पसाको नाममा एउटा क्याफे खोल्ने इच्छा हुन्छ जसमा उ पल्पसा सिरिज भनि आफ्नो पल्पसाका बारेमा चित्रहरु प्रस्तूत गर्न चाहन्छ । 
काठमाडौँमा एक दिन बडो नराम्रो घटना हुन्छ । ह्ाम्रो पुजनीय राजा बिरेन्द्र तथा राजदरबार हत्याकाण्डको असहिय घटना घट्छ र देशलाई अशान्तिको कालो बादलले ढाक्छ । देशमा प्रलय आउँछ । बन्द हडताल कर्पु्यू बम बिस्फोटन नैराश्यता दुःख पिडा आदिको आगमन हुन्छ । विस्तारै जङ्गल पस्न गाउँ-गाउँबाट मानिसहरु पार्न शुरु हुन्छ । यसरी नै हाम्रो देशमा सङ्कटकालले पाइला टेक्छ र यु¢ तथा आन्दोलन हुन्छ । यसै गरी बिभिन्न अपि्रय घटनाका साथ कथा अगाडि बढ्छ । 
प्रेमको मिठास संसगैँ यु¢को भयलाई साथसाथै लगेको छ । आफ्नो गाउँघरप्रतिको प्रेम देशप्रतिको प्रेम लेखकप्रतिको प्रेम कलाप्रतिको प्रेम प्रेम-प्रेमिकावीचको प्रेम आदिले प्रेमको परिभाषा दिएको छ । त्यसैगरी पुस्तान्तरको प्रतिध्वनि पनि प्रस्तुत गरिएको छ । लोकतन्त्रको गुाजन पनि पाइन्छ यसमा । आप्रवासी चेतनाको पनि वर्णन छ । भूमण्डलीकरणले गर्दा यूवा पिडीमा प्रभाव परीसकेको भन्दै देखाउँदै नयु संस्कृतिले घेर्दै गएको पनि प्रस्तुत गरेको छ । 
वाग्लेले आफ्नो कथाले सबैको मन छुन सफल भएको छ । कथालाई निकै रोचक ढङ्गले अगाडि बढाएको छ । यस उपन्यासले हरेक नेपालीको मर्मलाई शब्दमा उतार्ने कोशिश गरेको छ र सफल पनि भएको छ । तसर्थ मदन पुरसकार प्राप्त गर्ने यो उपन्यास नारायण वाग्लेको एउटा उत्कृष्ट रचना हो भने फरक नपर्ला ।
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Novel Nepal - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger