Headlines News :
Home » » हेला हैन मायाले आत्मा भित्र सम्मान दिउ !

हेला हैन मायाले आत्मा भित्र सम्मान दिउ !

Written By Debendra Subedi on Saturday, September 8, 2012 | 11:49 PM

महिलाको साथ नपाए सम्म ,
Nisha Khanal Aryal
 पुरुषको पुरुस्वार्थ बेकार हुन्छ ,
 महिलालाई हेला गर्ने ,
पुरुष पनि धिकार हुन्छ !

 पुरुष तुलनामा महिला ,
 शक्ति शाली हुन्छिन अरे !
 पुरुषको अस्तित्वलाई ,
महिलाले नै ढाकछिन अरे !

 एक अर्काको पुरकले गर्दा ,
पुरुष महिला शोभायमान देखिन्छ रे,
एक अर्काको आत्माको मिलन बिना ,
 महान बन्न सक्दैनन अरे!

 सहनशीलताको शक्ति हुदैन पुरुषमा ,
जति महिलाले सहनछिन अरे ,
सन्तानलाई जन्म दिने शक्तिले गर्दा ,
धर्ती आमा भनि कहलिन्छिन् अरे ,!

 दुर्गा नामले पुजिंछिन् उ ,
काली नामले प्रशिद्ध छिन ,
किन कि उनि जस्तो अबस्था संग पनि ,
 संधर्ष र जुध्न सक्दछिन !

 दुबैको सहभागितालाई एउटा सुनौलोनाम दिउ
 हेला हैन मायाले आत्मा भित्र सम्मान दिउ
 यहा मात्र छ नारी र पुरुष भन्ने नाम हाम्रो,
त्यही नामलाई आज सु सम्मानले सजाई दिउ !

Nisha Khanal Aryal

Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Novel Nepal - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger