Headlines News :

फूल झैं बास्ना छर्नु मधु झैं मिठास घोल्नुस!

Written By Debendra Subedi on Friday, December 7, 2012 | 8:05 PM

फूल झैं बास्ना छर्नु मधु झैं मिठास घोल्नुस!
 गहना हो मानिसको सुमधुर बचन बोल्नुस!

 बस्न पाए थ्याच्च र बोल्न पाए प्याच्च अरे!
 जो सँग जून सभामा बोल्दा खेरी तोल्नुस!

 शेवा गरे मेवा मिल्छ श्रद्धा गरे देवा भन्छन!
भगवान मानी आमा बाउको पाऊ मोल्नुस!

 दुःख राखे मनमा भारी लाग्छ जीवनई यो!
 सबै माँझ हजुरका मनका कुरा खोल्नुस!

 बुद्धको बाटो समाऔं शान्ति फैलाउनलाई!
 माया मोह राखी मनमा सबै ईर्ष्या पोल्नुस!

 कृष्ण मानव खड्का
 सानोश्री ३ बर्दिया

-->

कस्ती लजालु बनिछौ तिमी ?

कस्ती लजालु बनिछौ तिमी ?
 स्वार्थी मायालु बनिछौ तिमी

 मेरो तिमीलाई विश्वासै छैन?
 निकै संकालु बनिछौ तिमी

 गयौ दिएर जहर यो कस्तो ?
 साँच्चै विषालु बनिछौ तिमी

 निलौं कि थुकौं अफ्ठेरो पर्यो ?
 काँचो पिडालु बनिछौ तिमी

 नाता जोडेर मुटु नै तोड्न
 साह्रै सिपालु बनिछौ तिमी

 राज कंडेल "निराश"

-->

यस्तै हो नसोच जवानि यो ढल्दै जानेछ

यस्तै हो नसोच जवानि यो ढल्दै जानेछ ,...!
 फुलको कोपिला हो जिन्दगि गल्दै जानेछ,...!!

 यो कस्तो अचम्म जन्मेर मर्नु पर्ने,...!
चिताँ माथिको तन-मन यो बल्दै जानेछ !!

 राम्ररि ध्यान देउ पालन पोषण गरी,...!
मल-जल गर जवानि यो फल्दै जानेछ !!

 धन-जन सारा जे-जे छन संसारमा,...!
 पुग्दैन मान्छे लाई अङ्गाल्दै जानेछ !!

 मनको राम्रो,नराम्रो पापको भारी त्यो,...!
मसान घाटमा आगोले पगाल्दै जानेछ !!

:गोबिन्द चन्द सोडारी 'समर्पण'
 कालागाउं अछाम

-->

सपनिमा कैले कांही गुज्गुजायौ कि ।

Written By Debendra Subedi on Thursday, December 6, 2012 | 9:19 PM

 देबेन्द्र सुबेदी 'देबेन्'
सपनिमा कैले कांही गुज्गुजायौ कि ।
एक्लाई हुँदा कतै तिमी सुक्सुकायौ कि । ।

 मेरो माया तिमी लाई दाईजो वयो सुन ।
 कतै तिम्रो मुटु बढी धुक्धुकायौ कि । ।

 जिन्दगी को चौबाटो मा भुलेउ कतै तिमी ।
खोली तर्न कि त तिमी लुक्लुकायौ कि । ।

 बिहानी को मिर्मिरे मा पाठ पुजा हुँदा ।
मेरो माया पाइन भनी चुक्चुकायौ कि । ।

 देबेन्द्र सुबेदी 'देबेन्'
   --पाँचथर

-->

जपान,युरोप,अमेरिका रहर माग्छौ तिमी ।

 जपान,युरोप,अमेरिका रहर माग्छौ तिमी ।
 समृध त्यो एस आराम जह्रर माग्छौ तिमी । ।

देबेन्द्र सुबेदी 'देबेन' 
 सुकुम्वासी मेरो जिवन भुरा खेल्ने आगन छैन ।
 देखाउदै चिल्ला गाडी शहर माग्छौ तिमी । ।

 नानीहरु भोकै छन नि पानी छैन भान्छा भित्र ।
 कती मिठो दुधको त्यो तहर माग्छौ तिमी । ।

 एक छत्र छु तल माथी अर्को फेर्ने लुगा छैन ।
 एक नम्बरी सुन को त्यो लहर माग्छौ तिमी । ।

 देबेन्द्र सुबेदी 'देबेन'
     पाँचथर

-->

गजल संगम [14-Nov 2012]

Written By Debendra Subedi on Saturday, November 24, 2012 | 10:13 PM


Click Here to Download

-->

गजलका शेरहरु [13-Nov 2012]



Download From click Here

-->

दु:खै दु:ख मान्दामान्दै गयो जिन्दगानी

Written By Debendra Subedi on Friday, November 23, 2012 | 8:39 PM

दु:खै दु:ख मान्दामान्दै गयो जिन्दगानी
घिच्याएर तान्दातान्दै गयो जिन्दगानी

 दिल खोली खुसीबाँड्न सकिएन कहिल्यै
 सधैँ मुठी बान्दाबान्दै गयो जिन्दगानी

 हेरी ल्याउँदा कोही छैन पराई झैँ लाग्ने
 सबै आफ्नू ठान्दाठान्दै गयो जिन्दगानी

 धेरैजना"मुखमा राम राम बगलीमा छुरा"
सहीमान्छे छान्दाछान्दै गयो जिन्दगानी

 समाधान गर्न गाह्रो समस्याको जालो
जबरदस्ती धान्दाधान्दै गयो जिन्दगानी

 कोमल भट्ट
 पुरानो नैकाप,काठमाडौँ
हाल:न्युयोर्क,अमेरिका 23
 November,2012

-->

भाषण मात्र ठुला झारेर हुँदैन हजूर

Written By Debendra Subedi on Tuesday, November 20, 2012 | 7:37 AM
















भाषण मात्र ठुला झारेर हुँदैन हजूर
सोझा जनतालाइ मारेर हुँदैन हजूर

बोलेको बचन पूरा गर्नुनै पर्छ सबैले
संधै डकार मात्र कारेर हुँदैन हजूर

कानून छ भने सबैलाई समान होस
आफु साँढे अरुलाई बारेर हुँदैन हजूर

न बिर्सेउ नायक हुनु अघि के थियौ
आज्कल नक्कल पारेर हुँदैन हजूर

हिम्मत गर जीवन सुनौलो बनाउन
आत्म-बल गुमाई हारेर हुँदैन हजूर 

कृष्ण मानव खड्का ९/२९/२०१२ 
सानोश्री ३ बर्दिया  

गरिबिको चक्कीमा पिसिंदैछ हाम्रो जीवन














गरिबिको चक्कीमा पिसिंदैछ हाम्रो जीवन
देश छोड़ी प्रदेश मा घिसिंदैछ हाम्रो जीवन

छोटो जीवन लामो यात्रामा केही पूरा नभई
बगी नदीझैं सागर्मा मिसिंदैछ हाम्रो जीवन

अरुलाई छोडूँ आफुले आफुलाई नचिन्दामा
हेर आफु सँग आफै ,,रिसिंदैछ हाम्रो जीवन

तातोखून अनि योवन यो लुट्यो विदेशिले
लुटीएर बरफझैं अब चिसिंदैछ हाम्रो जीवन

कठै मानव भई जन्मिएनि कर्म त्यो भएन
मानवता नहुँदामा खीसिंदैछ हाम्रो जीवन

कृष्ण मानव खड्का ९/२९/२०१२ 
सानोश्री ३ बर्दिया 

कोही मानिसको मन जलाउने हुन्छन्











कोही मानिसको मन जलाउने हुन्छन्
कोही यहाँ जडै देखि ढलाउने हुन्छन्

आत्मविश्वास साथै हिम्मत नी हुनु पर्छ
हिट्लर को झैं शाशन चलाउने हुन्छन्

उदाहरण प्रयाप्त छन समाजमा खोज्नुस
कतिपय धरतीमा ढली पलाउने हुन्छन्

आफ्नो र अरुको सुरक्षा गर्न सक्नु पर्छ
खून पसिना पीएर यहाँ गलाउने हुन्छन्

बुझ्नु पर्छ ब्यबहार हजूर रूप हेरी हुँदैन
कोही बातले र लातले थलाउने हुन्छन्

कृष्ण मानव खड्का ९/२८/२०१२
सानोश्री ३ बर्दिया

को हिमाली को पाहाडी सबै उस्तै तराई















को हिमाली को पाहाडी सबै उस्तै तराई 
मिली जुली बसौं हजूर कोही छैन पराई

हेर नेपाली हौं भन्ने हुनु पर्छ भावनामा
आफु-आफु लड्नु हुन्न के हुन्छ कराई

आउ हामी सुध्रे सिंगोदेश सुध्रिनेछ हाम्रो
हामी सुध्री एकापसमा माया मोह सराई

देशको निम्ति केही गर्ने उदेश्य हुनुपर्छ
दिनहूँ यहाँ कति मर्छौ आफु आफै डराई

आखिर एकदिन मर्नै पर्छ जन्मिए पछि
नाम अमर गराऊँ यहाँ जानू हुन्न हराई

कृष्ण मानव खड्का ९/२८/२०१२ 
सानोश्री ३ बर्दिया 

काटी र फाँडी नारेर गोरु जोड॒नु नि पर्दछ














काटी र फाँडी नारेर गोरु जोड॒नु नि पर्दछ
जोतेर बारी माटोको डल्ला फोड॒नु नि पर्दछ

किसान तिमी देख्दीन म त खेत र बारिमा
रोपेर मात्र ,,हुँदैन खेती ,,,गोड॒नु नि ,पर्दछ

खेतीको भर ,तिमी छौ हेर ,काम नि ,गर्नुछ
समय हेरी ,,मल र जल ,,छोड॒नु नि ,,पर्दछ

गएर बारी ,जंगल झाडी ,उखेली ,फाल्नुछ
मौलेले फेरी तिमीले त्यही तोड्नु नि पर्दछ

बाली नि भयो जिविको चल्छ मजाले अबत
गरीब छोरा तिमीले भाग्य मोड॒नु नि पर्दछ

कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया

बिलौना मेरो सुनेर जाओस / पराई माया चुनेर जाओस















 बिलौना मेरो सुनेर जाओस 
पराई माया चुनेर जाओस 

फाटेको मन छोडेर दुखाई 
सियोले पीड़ा तूनेर जाओस

मायाको साटो घातले दिनहूँ 
मायालु मुटु थुनेर जाओस 

छोडेर आधा अधुरो मलाई 
अरुको भाग्य बुनेर जाओस 

सज्दैछ मेरो सरीर चितामा 
अन्तिम माला उनेर जाओस

कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया

मुक्तक सरोबर [14-11-2012]

Written By Debendra Subedi on Monday, November 19, 2012 | 11:20 PM

Listen and Download


-->

यो साँझ यो सुवास [01-11-2012]

Listen Here--

Download from click Here
Listen All Previous Episodes--------By Ram sharan Shrestha




-->

मुक्तक मधुरीमा [15-11-2012]


मुक्तक मधुरीमा

Date : 15 Nov 2012


Listen HERE



-->

वहाकिने मन-2

Bahakinea man of 19 Nov 2012 is now available for listen and download for free.
This program is from CIN and others 49 fm stations.


 Download  From Click Here

-->

दैव ! तिम्ले सधैंभरि हराएरै छाड्यौ l

दैव ! तिम्ले सधैंभरि हराएरै छाड्यौ l
 *************************

दैव!तिम्ले सधैंभरि हराएरै छाड्यौ l
 जताततै बिल्लीबाठ गराएरै छाड्यौ l

फुल्नुपर्ने फूलहरु ओइलाउन थाले l
बेदनाका आँशु हरु झराएरै छाड्यौ l

सबै तिर भताभुङ्ग लथालिङ्ग भयो l
 दिनदिनै आपतबिपत पराएरै छाड्यौ l

चस्किएर भित्रभित्रै दुख्नथाल्यो छाती l
मुटु पनि कम्जोर भयो डराएरै छाड्यौ l

हाँसखेल गर्ने बेला बित्न आँट्यो रुँदै l
 जिन्दगीलाई पलपल मराएरै छाड्यौ l

कोमल भट्ट -नैकाप,काठमाडौँ
(हाल:- न्युयोर्क,अमेरिका ) October12 ,2012 .

-->

दशैं आयो राम्रै सङ्ग,मनाउनु है साथी


दशैं आयो राम्रै सङ्ग,मनाउनु है साथी
*******************************
 दशैं आयो राम्रै सङ्ग, मनाउनु है साथी
 आफ्नो रीतिरिवाजमा,रमाउनु है साथी

 केटा केटी आँगनमा,रौनकता छर्लान
 बजारमा नयाँ लुगा, छनाउनु है साथी

 आफन्त र नातेदार,सबै जम्मा होलान
 आपसमा माया प्रीति,खनाउनु है साथी

 जमरा र टीका लगाइ,नाचगान गर्लान
 सबै लाई मीठा गीत, भनाउनु है साथी

मान्यजन र बूढाबूढी,आशिर्वाद देलान
 सदप्रेमले हाँसी खुसी, बनाउनु है साथी

 फैलाउंदै यश कीर्ति,प्रतिभावान बन्दै
संसारमा ठूलो नाम, कमाउनु है साथी

कोमल भट्ट ,काठमाडौँ (हाल:- न्युयोर्क ,अमेरिका)
 विजयादशमीको हार्दिक मंगलमय शुभकामना

-->

धेरै तल खस्नुपर्ला,संसारलाई ढाँट्यौ किन

धेरै तल खस्नुपर्ला,संसारलाई ढाँट्यौ किन
 ***************************
धेरै तल खस्नुपर्ला,संसारलाई ढाँट्यौ किन
 दलदलेमा फस्नुपर्ला,नकामलाई आँट्यौ किन?

आफ़्ले खन्या खाडलमा,आँफै परे पछि
रहरलाई कस्नुपर्ला,यस्तो डोरी बाट्यौ किन ?

मित्रतालाई लत्याएर, लाग्दा अर्कै बाटो फेरी
 सङ्गै बस्नुपर्ला,मायाँ प्रीति साट्यौ किन?

वास्तविकता लुकाएर असत्यलाई रोज्दा
खरानी नै घस्नुपर्ला,आफ्नै बुद्धि चाट्यौ किन?

 सोझो मनलाई सताएर गर्यौ धोका बाजी
भङ्गालोमा पस्नुपर्ला,चोखो मुटु काट्यौ किन?

Copy right @ कोमल भट्ट ,
काठमाडौँ l (हाल :- Rochester ,Newyork )
October 30 ,2012 .

-->

आजभोलि यस्तोलाग्छ,झुकेको छ देश मेरो l

आजभोलि यस्तोलाग्छ,झुकेको छ देश मेरो l
परदेशीको दिलमा पनि ,दुखेको छ देश मेरो l

हाम्रो गौरव गाथा के हो? धेरै लाई थाहै छैन l
सगरमाथा हाम्रो आफ्नै,लुकेको छ देश मेरो l

छिमेकीछन् झलमल्ल,हाम्लाई अँध्यारोमा l
बगेकाछन् कोशी काली,सुकेको छ देश मेरो l

चोरबस्छन चौतारीमा,सज्जन पाउँछ शूली l
असक्त र निमुखालाई ,भुकेको छ देश मेरो l

कोहि पुगे चन्द्रमामा ,कोहि मंगल धाउँछन् l
सधैं भरि कुर्सी पाउन , ढुकेको छ देश मेरो l

-----कोमल भट्ट ,न्युयोर्क
8 October ,2012



-->

गीत -मै दुखी रुन्छु धुरु मा धुरु पर्देशको आँगनमा

Written By Debendra Subedi on Tuesday, November 13, 2012 | 6:18 AM

















देउसी र भैलो गुन्जिन थाल्यो घर्देशको आँगनमा
मै दुखी रुन्छु धुरु मा धुरु पर्देशको आँगनमा
------------------------------------------------------
दुख्दैछ मुटु कुटू र कुटू पीड़ाले अति भो
सुख त हजूर भाग्यमा कक्ति न लेखे जती भो
वारी र पारी झिली र मिली बत्तीको तांतीले
खोज्दै पो छनकी गाउँमा मलाई संगी र साथीले
------------------------------------------------------
म आउन पाईन दीदी र बहिनी तिहारमा न रोए
उनेर माल सयपत्री थुंगा आँसुले न धोए
बाँचेछू भने फर्केर आउँछू आईसालको तिहारमा
अहिलेलाई भने माफ़ गरे दीदी न बसे पिरैमा
-----------------------------------------------------
फोटो छ राखी दैलोमा ओखार फोडर फाल्दिनु
न मारे माया दीदी र बहिनी जोडेर पाल्दिनु
संग छन तिम्रा साथी र संगी खुसीले मनाउनु
भएन भाई दुःख भो भनी न आँसुले जनाउनु
----------------------------------------------------
देउसी र भैलो गुन्जिन थाल्यो घर्देशको आँगनमा
मै दुखी रुन्छु धुरु मा धुरु पर्देशको आँगनमा
----------------------------------------------------
कृष्ण मानव खड्का  
सानोश्री ३ बर्दिया 

विदेशीए युवा जती छाती भरि देश दुख्छ














 विदेशीए युवा जती छाती भरि देश दुख्छ
सुन्य भयो गाउँ बेसी छाती भरि देश दुख्छ

सुस्त,सुस्त सीमाना मिच्दैछ दक्षिण, तीर 
न सोच्दा गम्भीर भई छाती भरि देश दुख्छ

गणतंत्र आए पनी राणा सासन चलेकै छ
मनपरी गरीब माथी छाती भरि देश दुख्छ

ह्त्या हींषा बढेको छ शांती म कहाँ खोजूँ
सुरक्षित रहेन कोही छाती भरि देश दुख्छ

ठुलो दोष राजनीतीको मेरो देश बिग्रनुमा
उठ्दैनौं की नेपाली छाती भरि देश दुख्छ

कृष्ण मानव खड्का 
सानोश्री ३ बर्दिया

भैलोमा...शुभकामना मित्रजनलाई तिहारको नभूली

Written By Debendra Subedi on Monday, November 12, 2012 | 1:31 AM














शुभकामना मित्रजनलाई तिहारको नभूली
मनाउनु खुसी मानी साथी भाई मिली,जुली

मन न दुखोस,धन फलोस,माया नि बढोस
प्रगतिले पाउ चुमुन,,सगरमाथा जस्तै चूली

मनको मैलो पखालेर स्वच्छ भावनाले है त
रिस-राग त्यागी सबले ,मिठाई जस्तै घुली

फूलहरु आँगनीमा दियो बत्ती झिलिमिली छ
सदभाव भरौँ एक-आपसमा माया मोह हुली

काले,गोर,भून्टे,स्याने मेरा सबै साथी भाई
च्यान्टी,प्यान्टी सीता,रीता कता छिन ठुली

योपाली त दशैं,तिहार साथी भाई बिना भयो
बाँचे अर्को साल हैत बन्धन मुक्त भई खुली

कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया

भन्दिन जूनको ज्योति ल्याऊ मलाई

Written By Debendra Subedi on Sunday, November 11, 2012 | 2:35 PM















भन्दिन जूनको ज्योति ल्याऊ मलाई
भन्दिन अनमोल मोती ल्याऊ मलाई

नसम्झनु भिकारी चोरी खाईन कैलेई
सक्छौ एक प्रहरको रोटी ल्याऊ मलाई

 गरीब हूँ म शरिरमा झुत्रो लुगा छ मेरो
नहाँस पापी ढाक्छु धोती ल्याऊ मलाई

हिम्मत,आँट अनि जाँगरीलो छु भरपूर
एकपटक अवसरले छोपी ल्याऊ मलाई

म विरूवा छु सारेर जहाँ नी सर्न सक्छु
तराई,पहाड,हिमाल रोपी ल्याऊ मलाई

नाम हूँ त्यो जून तोकिएको छ शांतिमा
हुन्छ सुनौलो रंगमा चोपी ल्याऊ मलाई

कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया

भैली भन्दै आए आमा दुईचार मोहोर हालिदिनु














 भैली भन्दै आए आमा दुईचार मोहोर हालिदिनु
दुःख सुख तिहार लाई नी राम्रो संग टालिदिनु

भाई मेरो छैन भनी हाँस्न खेल्न न छोड़ी दिनु
दीपावली गर्नु है जताकतै बत्ती हरु बालिदिनु

म त आमा परदेश भएँ दीदी बहिनी रुन्छनकी
आत्मा शान्ति होला कागलाई रोटी फालिदिनु

अर्को साल आउँला आमा दशैं तिहार मनाउँला
बरु छिप्योस केही छैन ,एउटा भाले पालिदिनु

सुन मेरा साथीभाई ,,भैलो खेल्नु रमाउँनु पनी
झै-झगडा गर्नु हुन्न ,,,न कसै लाई गालीदिनु

कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया

ढुंगालाई देउता जनाउने क्रम जारी छ
















ढुंगालाई देउता जनाउने क्रम जारी छ
फूलपाती चढाई मनाउने क्रम जारी छ

मान्ने नमान्ने त्यिनैको हातमा छोड़ें
बालुवामा महल बनाउने क्रम जारी छ

आफ्नो भाग्य आफ्नै हातमा छ भन्छु म
दोषहरु अरुमा खनाउने क्रम जारी छ

छुराबोकी बस्छु दोबाटोमा मुसो दोबेझें
पीठ पछाडी छुरा हनाउने क्रम जारी छ

मानव"हूँ म भन्छु तर कुहीएछू खसेर
आफ्नै नजरमा गनाउने क्रम जारी छ

कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया

ढकमक्क फूलैफूलले घर आँगन भरी आयो















ढकमक्क फूलैफूलले घर आँगन भरी आयो
सुख शान्ति समृद्धि नि तिहारले छरी आयो

चहल पहल बढेको छ आउने जाने बाटो भरी
सबैलाई खुसी"तिहार"मेरो खुसी हरी आयो

फर्की सके साथी भाई तिमी भने न आउने रे
भाई न आउँने खबरले आँसू मेरो झरि आयो

पोहोर सालनि रुँदै बित्यो तिम्रो बाटो हेर्दैमा
मेरो भाई यो तिहारमा फेरी त्यस्तै सरी आयो

कमी कहाँ के भयो प्रभु मलाई सधै रुनुपर्यो
टाढा हुने दीदी भाईलाई के यस्तो परी आयो

कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया

दिल तोडके तेरे जाने पे रोया में














दिल तोडके तेरे जाने पे रोया में
दुबारा लौटके न आने पे रोया में

काँटों भरी राहोमें सवार हूँ तबसे
सादीके तेरे खबर पाने पे रोया में

यादोंमे तेरे खोया रहेता हूँ रातोंमे
दिल टूटी ,दर्द भरे गाने पे रोया में

मेरी चाह मुझे भी कोई प्यार करे
फिर उसीसे चोट खाने पे रोया में

चुव्ती हे चाँदनी शरदमें भी तनको
रात दर्दकी बद॒ली छाने पे रोया में

कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया

फूल्न त फुलियो नि फल्न सकिएन हजूर












फूल्न त फुलियो नि फल्न सकिएन हजूर
स्वार्थी भई अरु सँगै ढल्न सकिएन हजूर

आफ्नो दुनो सोझाउनलाई औँला बंग्याएर
दुनियाको आँखा नि छल्न सकिएन हजूर

मौक़ा र अवसर त मैले कती पाएँ पाएँ खै
मानवता बोकी आएँ गल्न सकिएन हजूर

गजल लेखी यही बाट ,शान्ति फैलाउनेछू
तर छाती खुसीले त मल्न सकिएन हजूर

सोंच हेर मेरो माहान ,पूरा होला हुन्न की
शान्तिको ज्योति भै जल्न सकिएन हजूर

कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया

कृष्ण मानव खड्का सानोश्री ३ बर्दिया











काटी र फाँडी ,नारेर गोरु ,जोड॒नु नि ,पर्दछ!
जोतेर बारी माटोको डल्ला फोड॒नु नि पर्दछ!

किसान तिमी देख्दीन म त खेत र बारिमा!
रोपेर मात्र ,,हुँदैन खेती ,,,गोड॒नु नि ,पर्दछ!

खेतीको भर ,तिमी छौ हेर ,काम नि ,गर्नुछ!
समय हेरी ,,मल र जल ,,छोड॒नु नि ,,पर्दछ!

गएर बारी ,जंगल झाडी ,उखेली ,फाल्नुछ!
मौलेले फेरी तिमीले त्यही तोड्नु नि पर्दछ!

बाली नि भयो जिविको चल्छ मजाले अबत!
गरीब छोरा तिमीले भाग्य मोड॒नु नि पर्दछ!

कृष्ण मानव खड्का 
सानोश्री ३ बर्दिया
k

--> शुभकामना मित्रजनलाई तिहारको न भूली!
मनाउनु खुसी मानी साथी भाई मिली,जुली!

मन न दुखोस,धन फलोस,माया नि बढोस!
प्रगतिले पाउ चुमुन,,सगरमाथा जस्तै चूली!

मनको मैलो पखालेर स्वच्छ भावनाले है त!
रिस-राग त्यागी सबले ,मिठाई जस्तै घुली!

फूलहरु आँगनीमा दियो बत्ती झिलिमिली छ!
सदभाव भरौँ एक-आपसमा माया मोह हुली!

काले,गोर,भून्टे,स्याने मेरा सबै साथी भाई!
च्यान्टी,प्यान्टी सीता,रीता कता छिन ठुली?

योपाली त दशैं,तिहार साथी भाई बिना भयो!
बाँचे अर्को साल हैत बन्धन मुक्त भई खुली!

कृष्ण मानव खड्का 


सानोश्री ३ बर्दिया

Phool Ko ankha ma

Written By Debendra Subedi on Saturday, October 6, 2012 | 3:19 AM

Phool ko Aankha ma




















Phool ko ankha ma


-->

एक हातको ताली" निबन्ध संग्रह

एक हातको ताली" निबन्ध संग्रह

  • Yuvraj Nayagharea
  • Achut Ghimire [voice]
  • Nepali Novels [blog]
एक हातको ताली" निबन्ध संग्रह: Eak hat ko tali nibandha sangra already won the Madan Puraskar of 2065 . This Story collection is voiced through Shruti-Sambeg in Voice of Achut Ghimire . Bidhyarthi Pustak vandar publish and distribute this Novel by Yuvraj Nayagharea.

This Pogram only Record twice story of this Novel
1 Pralaya ko Name Hoina Sunami &
2 Chra Ko Chaalang




-->

मेरो आगमनले कतै,तिम्रो सिर झुक्छ भने

Written By Debendra Subedi on Friday, October 5, 2012 | 10:37 PM

मेरो आगमनले कतै,तिम्रो सिर झुक्छ भने
 मेरै कारण यदि तिम्रो,मन हरु दुख्छ भने
 पर्ने छैन तिम्रो सामु,अन्तै टाढा गइदिउँला

 मन पराइ माया गर्नु,आखिर् त्यो त एउटा कुरा
 एक होरो मेरो माया,कहाँ हुन्छ होला पु
रा जानि जानि तिम्रो मन,दुखाउन चाहन्न म
 मैले गर्दा ति नजरमा,आँशु झरे सहन्न म
 साथै हामि हिंड्दा खेरि,तिम्रो यात्रा छुट्छ भने
 गर्ने छैन संगै यात्रा,यहि मोडमा रहि दिउँला

 चाहे जति सबै कुरा,कस्ले पाउन सक्छ भन
 दुनियामा कहाँ हुन्छ,सबको उस्तै मन
 सम्झि मनबुझाएर,जिबन काटि दिउँला
 तिम्लाइ अमृत् पिलाउन,म नै बिष पिउँला
 म नहुँदा ति जिबनमा,रहर् हरु पुग्छ भने
 हर्ने छैन तिम्रो मन,म बिरानो भइ दिउँला

 राइ बबुरो
 ०६९-०६-१८ काठमाण्डौ

-->

उन्कै घातले घाइते मुटु,फेर्न पाए हुन्थ्यो

उन्कै घातले घाइते मुटु,फेर्न पाए हुन्थ्यो
 खाटा कति बदनामिको,हेर्न पाए हुन्थ्यो

 एकै चुट्कि सिन्दुरले,को नै आफ्नो हुंदो रहेछ्
 झुठा हुने अग्नि कसम्,खेर्न पाए हुन्थ्यो

 आफु भन्दा धेरै बिस्वास,उस्लाइ गरि धोका खाँदा
 देख्दा देख्दै टुट्ने सपना,सेर्न पाए हुन्थ्यो

 सम्बन्धमा के नै रयो,आखिर् त्यो टुट्छ भने
 नाता भन्ने शब्द लाइ,केर्न पाए हुन्थ्यो

 सुनकै पिँजडा के अर्थ र,जब चरि उड्छ भने
 जिउँदो लास यो कात्रो भित्र,बेर्न पाए हुन्थ्यो

 राइ बबुरो
 ०६९-०६-१७ काठ्माण्डौ

-->

शान्ति

शान्ति ! 

********
(१)
 शान्ति ! तिम्रोलागि मरिहत्ते गर्नेहरु,
 असीमित माया गर्नेहरु ,
चाहनामा छटपटाउनेहरु ,
 थुप्रै थुप्रै थिए यहाँ l तर .........
कोमल भट्ट
तर तिमि त चटक्कै छोडेर गयौ l
 अनन्त यात्रामा निक्लिए झैं ,
अफ्नाहरुलाई पनि धुरु धुरु रुवाएर ,
आफू पनि डाँको छोड्दै गयौ तिमी,
 शायद ,कहिल्यै नफर्कने गरेर ?

 (२)
तथाकथित महामनाहरुले ,
 अति निर्दयता र निर्ममता पूर्वक ढोका थुनेर कुटे तिमीलाई l
बारुद ,बन्दुक र हतियारले, नाङ्गो आक्रमण गरे तिमीलाई l
तिम्रो शरीरभरि नीलडामै नीलडाम भयो l
तर तिम्रो क्रन्दन कसैले सुनेन l
तिम्रो प्रलापलाई कसैले बुझेन l
कङ्कला शब्दले चिच्याइरह्यौ तिमी l
तिम्रो आवाजलाई कुल्चेर दबाइदिए l
 त्यसैले त बस्नै नसकेर गयौ तिमी,
 शायद, कहिल्यै नफर्कने गरेर ? (

३)
 नराधमहरुले निर्वस्त्र नाङ्गो पारे l
 चिथोरे,कोपरे र रगतपच्छे बनाए l
पटक पटक तिम्रो अस्मिता लुटिरहे,
निसहाय भएर रोइ रह्यौ ,रोइ रह्यौ l
तिम्रोलागि,कोहि बोलेनन् l
यसको बिरुद्धमा कोहि चिच्यायेनन l
सबै मुक दर्शक मात्र भएर उभिइरहे l
असहनीय पीडाले तिमी छटपटाइ रह्यौ l
तिमीलाई कसैले सहानुभूति देखाएनन् l
खपिनसक्नु भएर त गयौ तिमी ,
शायद, कहिल्यै नफर्कने गरेर ? (

४)
तिमी जानै लाग्दाको क्षण !
 मुकुण्डोधारीको स्वार्थी जमात देखेर
 काटेको बाख्रो जस्तै छटपटायेकी थियौ l
 बलिन्द्र आँशुले लथपथियेकी थियौ l
तिमीलाई कसैले मायाले सुमसुम्याएनन् l
तिम्रो वेदनालाई गम्भीरतापूर्वक लिएनन् l
 तिमीलाई कसैले पनि रोक्न खोजेनन l
 बारम्बार तिरष्कृत र अपमानित भैरह्यौ l
 बेमतलव र बेवास्ताको शिकार बनिरह्यौ l
पीडैपीडा ले छटपटायेर गयौ तिमी ,
 शायद, कहिल्यै नफर्कने गरेर ?

 (५)
तिमी कहाँ पुगेकिछ्यौ ?
कसैलाई पनि थाहा छैन l
तिमी कहाँ हराएकी छ्यौ?
कसैले पनि खोजी गरेकै छैन l
तिमी फर्केर आउँछ्यौ वा आउदिनौ,
कसैलाई यसको चासै छैन l
तिमीलाई बोलाउने कुराहरु सुनिन्छन् ,
तर ती सबै देखावटी मात्रै हुन् l
तिमीलाई फर्काउने कुराहरु बोलिन्छन ,
तर ती सबै धोकाबाजी मात्रै हुन् l
तिम्रो के खाँचो र यहाँका बादशाहहरुलाई ?
तिम्रो के आबश्यकता र रक्तपिपाशुहरुलाई ?
उनीहरु त सधैं मस्त छन् ,रमेका छन् l
नयाँ नयाँ सुरा र सुन्दरीको साथमा l
नयाँ नयाँ बेगमहरुकै साथमा l
यस्तै अचाक्ली भएर त गयौ तिमी ,
शायद, कहिल्यै नफर्कने गरेर ? (

६)
तिम्रो ! आगमनको प्रतिक्षा गर्नेहरु पनि धेरैछन l
तर विचरा तिनीहरु निरीह छन् l
उनीहरुको उत्साह टुटिसकेको छ l
उनीहरुको साहश चुडीइ सकेको छ l
तर तिमीलाई बिछट्टै माया गरेकाछन् l
 तिमीलाई कुरेर बसेकाछन l
तिम्रो बाटो ढुकेर बसेका छन् l
 आशै आशमा तड्पेर बसेका छन् l
चाहना गर्नेहरु अनगिन्ति हुँदाहुँदै पनि ,
टिक्नै दिएनन् र त गयौ तिमी ,
शायद, कहिल्यै नफर्कने गरेर ? (

७)
 शान्ति ! सक्छ्यौ भने एकपल्ट फर्कीदेऊ l
मृत्यु शय्यामा सुतिसकेका महामनाहरुलाई,
एक घुट्को जीवनजल पिलाइदेऊ l
फेरी एकपल्ट बौरेर उठिहाल्छन कि ?
आफ्नो भूलको प्रायश्चित गरिहाल्छन कि ?
तिम्रो आगमन पछि पनि, उस्तै उस्तै पुनरावृत्ति भैरह्यो भने ,
तिमी सदा सदाकोलागि जाऊ l कहिल्यै नफर्कने गरेर जाऊ l
 अनि ! यहाँका भीष्मपितामह भै टोपलेकाहरु ,
 चारैतिर सन्नाटा छाइसकेको कुरुक्षेत्रलाई ,
 शरशैय्यामा सुतेर ढुकिरहनेछन,ढुकिरहनेछन l
लासैलासको डंगूर लागेको,
रणभूमिलाई हेरिरहनेछन् हेरिरहने छन् l
 हराइसकेको आफ्नो अस्तित्वलाई ,
खोजी रहनेछन, खोजी रहनेछन l --


कोमल भट्ट, नैकाप ,काठमाडौँ l
 हाल :- न्युयोर्क ,USA . 4 October ,2012 (Thursday )

-->

सुनिल न्यौपाने 'मार्लिङ'का मुक्तकहरु

मुक्तक-1

भबिष्यनै जान्ने भए ।
समाजले मान्ने भए ।।

 उस्लाई दुख के दिनु
 आफ्नोघर तान्ने भए ।।।

मुक्तक-2

उनिसग डराउन थालेछु ।
एक्लैमन पराउन थालेछु ।।

 यौवनको मातले झस्काउदा
निद्राबाटै कराउन थालेछु ।।।


मुक्तक-3

अधुरो रेखा कोरेर गयौ ।
अनन्त नाता जोरेर गयौ ।।

 आदि अन्त्य खेल सगै
 ह्रिदय मेरो चोरेर गयौ ।।।

--सुनिल न्यौपाने 'मार्लिङ'

-->

गर्थे उनलाई धेरै माय ।

Written By Debendra Subedi on Thursday, October 4, 2012 | 11:54 PM

गर्थे उनलाई धेरै माय ।
 लै न हजुर धोका पाए ।।

 पारित गर बिधेयक ।
अदालतमा छैन न्याय ।।

 मलाई नै किन यस्तो ।
ग्रहदशा भइछ दाय ।।

 छोडीजाने रैछ क्यार ।
 उस्कै पछि कति धाए ।।

सुनिल न्यौपाने 'मार्लिङ'

-->

मुक्तक मुधुरीमा [5th oct 2012]

Dear friends,
Muktak Madhurima The program muktak madhurima is a radio program of Radio Chitwan 94.6 Mhz. In the voice of Ramu Acharya this program draw the attentation of all Nepali sahityik anuragi.This program comes every Thursday at 9:15 PM.



Post taken from : Mohan Bihani Ko Blog.



  Download:Download from click Here Size 9.5MB


-->

किन भोट दिन्छौ जन --- लुक्दैछन् नेता।

किन भोट दिन्छौ जन --- लुक्दैछन् नेता।
गाउँ छोडी शहरमा ------ पुग्दैछन् नेता॥

 चुनाब लड्दा यो गर्छु - त्यो गर्छु भनेका।
स्वतन्त्रा खोज्दा हाम्लाइ थुक्दैछन् नेता॥

 दुइ बर्षमै -- संबिधान --- बन्छ भन्नेले।
\चार बर्ष भो - आफैमा -- हुक्दैछन् नेता॥

 नयाँ जनादेश -- लिएर ---- जाने भन्दै।
सत्ता भित्र बिगुल ----- फुक्दैछन् नेता॥

 यो पाटी त्यो पाटी कर्मचारी तन्त्र सगै
 बिदेशीको पाइलामा -- ढुक्दैछन नेता॥

सुनिल न्यौपाने 'मार्लिङ'

-->

पवन दिने पात फरक छ

पवन दिने _ पात फरक छ।
 तिम्रो र मेरो जात फरक छ॥

 सधै तिमी प्रेमका कुरा गर्छौ।
नबोल प्रिय बात फरक छ॥
तिम्रो र मेरो जात फरक छ।॥

 भागेर जान मान्दिनौ तिमी।
कसरी माग्नु हात फरक छ॥
 तिम्रो र मेरो जात फरक छ।॥

 महल छैन _ झुप्रोमा बस्छु।
गरिब हु औ- कात फरक छ॥
तिम्रो र मेरो जात फरक छ।॥

 बिन्ती मेरो _ समिप नआऊ।
बिताउने त्यो रात फरक छ॥
तिम्रो र मेरो जात फरक छ।॥



-->

पैसासँग न्याय पनि डराएको देखे

पैसासँग न्याय पनि डराएको देखे।
भित्र भित्रै मुद्धाहरु हराएको देखे।।

 हजारैको पङ्तीमा छु आशको दियो ।
सँगै मेरो मान्छे भन्दै काम गराएको देखें॥

सुनिल न्यौपाने 'मार्लिङ'

-->

आउँछ धेरै उन्को याद एकान्तमा हुदा खेरी !

आउँछ धेरै उन्को याद एकान्तमा हुदा खेरी !
 उन्ले चिनो दिएको तस्बीर आज फेरि छुँदा खेरी !

 जब उन्को याद आउँछ, आँशु झर्न थाल्छ त्यसै....
 अझै याद कम हुदैन भक्कानिएर रुँदा खेरी !

सुमन लम्साल "प्रमिश"

-->

पुरानो बोट ढल्यो अहिले नयाँ सार्दैछु

पुरानो बोट ढल्यो अहिले नयाँ सार्दैछु
 थाहै नदिई पिरतीको जालमा पार्दैछु 

यो भन्दा त अर्को कुनै छ र आनन्द
 रगत बनि उनका सबै अङ्ग चार्दैछु

 "SMART BOY"SANDESH
CHHISTY-6 BAGLUNG

-->

यो साँझ यो सुवास [1]

यो साँझ यो सुवास
The program यो साँझ यो सुवास by Pradip Giri is a one popular radio program by Radio Upatyaka 87.6 Mhz.

Radio Program : Yo sajha yo suwash
Prastota : Pradip Giri
Radio : Radio Upatyaka 87.6 Mhz & other relay stations.
Time : Different time in different radios stations.

Download:Download from Click HERE

-->

झन नजिक हुँदा पनी दूरि हुन्छ किन?

झन नजिक हुँदा पनी दूरि हुन्छ किन?
 शितल हावा हुँदा पनी हुरी हुन्छ किन!

 फूलजस्तै चारैतिर मग्मगी बास्ना छर्दा!
त्यो मन लाई कांडा र छूरी हुन्छ किन!

Krishna Khakda
Sonashri 3 , Berdiya

-->

तिम्रो आशु दुई चार थोपा खसेको सुन्दा पनि

तिम्रो आशु दुई चार थोपा खसेको सुन्दा पनि/
फाट्छ मन किन किन जति नै तुन्दा पनि//

 मुटु दुख्यो तिमी लाई दुख्दा आखिर किन होला?
रातै भरि सोच्दा बुझ्या छैन साईनो गुन्दा पनि//
Calpana Rai
Calpana Rai

 पछ्यौरीमा वल्लो पल्लो बिट्को किनार जस्तो हामी,
लक्ष्य छुट्टै मेल हुन्न कै'ले जसरी बुन्दा पनि//

 डर लाग्छ माया भनौ भने संकट पर्यो कस्तो?
मुगा म त हिरा सरि तिमी नमिल्ने उन्दा पनि//

 मन्को मुना भित्र भित्रै चुडें "कल्पना" संगै बढ्दा,
छल्की दियो गजलमा बह बेसरी थुन्दा पनि//

Calpana Rai

-->

Under Construction

This Blog is under a Construction process . So dear valuable readers please bookmark this page to come in future while this blog gets completion . Thanks!
-Nepali Novels Team

नेपाली गजल

Read More

Facebook Box

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Novel Nepal - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger