को हिमाली को पाहाडी सबै उस्तै तराई
मिली जुली बसौं हजूर कोही छैन पराई
हेर नेपाली हौं भन्ने हुनु पर्छ भावनामा
आफु-आफु लड्नु हुन्न के हुन्छ कराई
आउ हामी सुध्रे सिंगोदेश सुध्रिनेछ हाम्रो
हामी सुध्री एकापसमा माया मोह सराई
देशको निम्ति केही गर्ने उदेश्य हुनुपर्छ
दिनहूँ यहाँ कति मर्छौ आफु आफै डराई
आखिर एकदिन मर्नै पर्छ जन्मिए पछि
नाम अमर गराऊँ यहाँ जानू हुन्न हराई
कृष्ण मानव खड्का ९/२८/२०१२
सानोश्री ३ बर्दिया
0 comments:
Post a Comment