दशैं आयो राम्रै सङ्ग,मनाउनु है साथी
*******************************
दशैं आयो राम्रै सङ्ग, मनाउनु है साथी
आफ्नो रीतिरिवाजमा,रमाउनु है साथी
केटा केटी आँगनमा,रौनकता छर्लान
बजारमा नयाँ लुगा, छनाउनु है साथी

आफन्त र नातेदार,सबै जम्मा होलान
आपसमा माया प्रीति,खनाउनु है साथी
जमरा र टीका लगाइ,नाचगान गर्लान
सबै लाई मीठा गीत, भनाउनु है साथी
मान्यजन र बूढाबूढी,आशिर्वाद देलान
सदप्रेमले हाँसी खुसी, बनाउनु है साथी
फैलाउंदै यश कीर्ति,प्रतिभावान बन्दै
संसारमा ठूलो नाम, कमाउनु है साथी
कोमल भट्ट ,काठमाडौँ (हाल:- न्युयोर्क ,अमेरिका)
विजयादशमीको हार्दिक मंगलमय शुभकामना
-->
0 comments:
Post a Comment