Headlines News :
Home » » म मेरो देशको नाम अमर बनाइरहन्छु ।

म मेरो देशको नाम अमर बनाइरहन्छु ।

Written By Debendra Subedi on Thursday, August 30, 2012 | 1:55 AM

म दिनहुँजसो नया घर बनाइरहन्छु ,
 धै सँधै सपनाको सहर बनाइरहन्छु ।

 सेतो गुलाबमा इन्द्रणी रङ्गहरू भर्ने ,
Nepali Gajal
 मनभित्र एउटा सुकिलो रहर बनाइरहन्छु ।

 मेरो भाग्य र भविष्य लेख्ने मसी सकिएपनि ,
 म सिन्काले देशको खबर बनाइरहन्छु ।

 सिङ्गो सँसार मलाइ सुम्पिदेऊ तिमी ,
म मेरो देशको नाम अमर बनाइरहन्छु ।

 आकासका चम्किला ताराहरू टिपेर म ,
तिम्रो मुहारमा जूनको अधर बनाइरहन्छु ।

 बेखबर बाँचेरै पनि यौ धर्तीमा पुष्प ले ,
भन्छ जिन्दगीको भूगोल समथर बनाइरहन्छु ।


Puspa Adhikari Anjali

Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Novel Nepal - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger