Headlines News :
Home » , » अनुहार पुस्तिकामा खराब विचार नगरौँ है

अनुहार पुस्तिकामा खराब विचार नगरौँ है

Written By Debendra Subedi on Tuesday, October 2, 2012 | 4:43 AM

अनुहार पुस्तिकामा,खराब विचार नगरौँ है l
 सद्भावना मात्रै पोखौं,अश्लीलताले नभरौँ है l

 मर्यादा र शीष्टतालाई,कहिल्यै भुल्नु हुन्न l
 सिकाउने र सिक्ने थलो,कुभावना नछरौँ है l

 सकिएला कृति चोर्न,दिमाग चोर्न सकिंदैन l
 आफैं लेख्ने कोशिश गरौँ,धेरै तल नझरौँ है l

 स्वतन्त्रता सबैको हो,आफ्नूमात्र सोच्नुहुन्न l
 कसैको त्यो अधिकारलाई,कहिलेनी नहरौँ है l

 आत्मीयता भन्दा ठूलो, संसारमा केही छैन l
 मित्रता को नजर बाट, पटक पटक नमरौँ है l

 नजानेको बिषयमा, बोल्दा ठक्कर मिल्छ l
 नबुझेको जँघारलाई ,कहिल्यै पनि नतरौँ है l

 नजाने त्यो गाउँको बाटो, नसोध्नु रे भन्छन l
 झुक्किएर गइहाले नि,कहिल्यै पनि नचरौँ है l

 देखाउने र लुकाउने,दुवै दाँतलाई चिन्नु पर्छ l
 त्यत्तिकैमा कसैको नि ठ्याक्कै भर नपरौँ है l

 नैतिकता र इमान्दारी,सधैं कायम राख्नु पर्छ l
 रिस द्वेष फैलाउनलाई,कहिले अघि नसरौँ है l

 सरलता र गाम्भीर्यता सर्बप्रिय हुन्छन सधैं l
 उच्छ्रीङ्खलता राम्रो होइन कहिलेनी नधरौं हैl

कोमल भट्ट,काठमाडौँ (हाल:-न्युयोर्क,USA )
 29 September,2012 (Saturday )

-->
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Novel Nepal - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger