Headlines News :

भागयले साथ दिए भेट होला प्रिया

Written By Debendra Subedi on Friday, June 14, 2013 | 5:27 AM

भागयले साथ दिए भेट होला प्रिया
 तिम्रो मेरो सम्बन्ध सेट होला प्रिया

 यस्तै गरी फेरी फेरी भाउ खोजेउ भने
 आकाश को चङ्गा जस्तै चेट होला प्रिया

DEBENDRA SUBEDI

-->

मेरो आगमनलेकत,ैित ो सर झ ुछ भने


मेरो आगमनलेकत,ैित ो सर झ ुछ भने
 मेरैकारण यिद ित ो,मन ह द!ुछ भने
 पन"छैन ित ो साम,ुअ$तैटाढा गइिदउँला

 मन पराइ माया गन*,ुआ खर्-यो त एउटा कुरा
 एक होरो मेरो माया,कहाँह/$छ होला परुा
 जािन जािन ित ो मन,दखु ाउन चाह1 म
 मैलेगदा* ित नजरमा,आँशुझरेसह1 म
 साथैहािम िह3ं दा ख4ेर,ित ो या5ा छु6छ भ
ने गन"छैन संगैया5ा,यिह मोडमा रिह िदउँला

 चाहेजित सबैकुरा,क9लेपाउन स छ भन
 दिुनयामा कहाँह/$छ,सबको उ9तैमन स:;झ मन
 बझु ाएर, जबन कािट िदउँला
 ित;लाइ अमतृ ्िपलाउन,म नैिबष िपउँला

 म नह/दँा ित जबनमा,रहर्ह प>ुछ भने
 हन"छैन ित ो मन,म िबरानो भइ िदउँला

 राइ बबरुो ०६९-०६-१८ काठमाEडौ

-->

आज पनि त्यो रात संम्झिए

आज पनि त्यो रात संम्झिए
 काटेको आफैले हात संम्झिए

 कती माया गर्छु तिमीलाई प्रिय
 भनेको त्यो तिम्ले बात संम्झिए

 तिम्ले बुझिनौ कि मैलेअ बुझिन्
 अनयासै भाको आन्तर्घात संम्झिए

 आजत एकलइ कटउदैछु रात फेरि
 सधै दिने तिम्ले साथ संम्झिए

 आज पनि त्यो रात संम्झिए
 काटेको आफैले हात संम्झिए

DEBENDRA SUBEDI

-->

भनिन्छ सृष्टि इश्वरकै नाँउमा छ

Written By Debendra Subedi on Tuesday, June 11, 2013 | 2:05 AM

भनिन्छ सृष्टि इश्वरकै नाँउमा छ
तर त्यै इश्वर नदेख्ने ठाँउमा छ

 धनी हरूको त सहरमै घर छ
साँच्चीकै गरीबको बिजोग गाँउमा

 एक्काइस बर्ष ब्याजमै हलो जोतेँछु
 साहुसंग कुरो अड्केको साँउमा छ

 जसले निमुखाको पसिना चुस्छ
अचम्म दुनियाँ उसैको पाउमा छ

दीपक काफ्ले

-->

नारनदाईको होटेल

Written By Debendra Subedi on Saturday, June 8, 2013 | 12:28 AM

उसको वास्तबिक नाम त शायद नारायण प्रसाद बुर्लाकोटी हो क्यार, तर सबैजना उसलाई ‘नारन दाई’ भन्थे । कुनै जिल्ला सदरमुकामको सडक छेउमा उनि यौटा सानो खाजा र खाना खुवाउने होटेल चलाउँथे। भन्नलाई ‘होटेल’ भने पनि त्यो वास्तबमा केवल यौटा टहरा मात्रै थियो । चारैतिर जस्ता पाता उठाएर घेरीएको र छत पनि जस्ता ले नै छाएको त्यो टहरा मा एक्कै चोटि १० जना सम्मले खाना खान मिल्ने गरी पुरानो खाट र
Dilip Acharya/ दिलीप आचार्यबेन्चहरु लहरै राखिएका थिए । त्यसो त नारन दाई उनकि श्रीमती र ३ जना केटा-केटीको सुत्ने, खाने, बस्ने कोठा, वा समष्टिमा उनको ‘घर’ पनि त्यहि नै थियो। केहि समयको लागि कार्यालय बाट खटाईएकोले मेरो पनि बिहानको नास्ता देखी बेलुकोको खाना सम्म सबै खाने ठाँउ त्यहि नारनदाईको होटेल नै थियो । टहरा नै भए पनि जागरिला बुढा बुढिले सरसफाईमा राम्रै ध्यान दिएकाले प्राय: वरिपरिका कार्यालयका एक्ला कर्मचारिहरु त्यहि नै खाना खान जान्थें । हसिलो स्वभाव र मिजासीला नारनदाईको होटेलको अर्को विशेषता के थियो भने जिल्ला भरिका कार्यालयका खुफीया खबर र “ब्रेकिङ न्यूज” आधिकारिक रुपमा आउनु अगाडि त्यहि बाट खुल्ने गर्थ्यो । बिहान ६ बजेको चिया देखि दिनको खाना, खाजा गर्दै कहिले काहि हाकिम साबहरुको मुड चलेको दिनमा रातको बिजुली पानि समेत त्यहि चल्थ्यो । वरिपरि त्यत्ती सफा खाने ठाँउ नभएको र मानिस पनि फरासिला भएकाले नजिकका सबै सरकारी वा निजि कार्यालका सबैको बिहान देखि बेलुकि सम्म भेला हुने अखाडा त्यहि भएकोले त्यहिबाटै सबै कार्यालयको कार्यनीति देखी लिएर कर्मचारीहरुको सरुवा-बढुवा मात्रै हैन कुन अफीसमा कुन मान्छे जि एम बनेर आउँदै छ र कुन हाकिम कुन दिन फर्कदैँछन समेत त्यहिबाट सबैलाई थाहा हुन्थ्यो । एक दिन बिहान चीया खाँदै गर्दा नारन दाई मेरो नजिकै आए “…..सरहरुको हाकिम पनि सरुवा हुदैंछन रे होईन ?” उनले प्रश्न सोधको झै गरि मलाई यौटा नयाँ खबर दिए। “खै नारन दाई मलाई त थाहा छैन….” मैले अनभिज्ञता प्रकट गरें । नभन्दै त्यहि दिन दिउसो हाकिमको काठमाण्डौ सरुवा भएको समाचार आधिकारिक रुपमा कार्यालयमा फैलीयो । मेले सोचें नारनदाई पक्कै पनि हाउडे कुरा गर्दैनन् र हामिलाई भन्दा पहिला यिनलाई यस्ता गोप्य कुरा थाहा हुन्छन। त्यसो त कहिले काँहि जाँडको सुरमा केहि कर्मचरिहरु उनलाई ” नारनदाई खोई हाम्रो पनि सरुवा गराई देउन” , ” मेरो पनि बढुवाको सिफारिष गरिदेउन” भनेर जिस्क्याउने गर्थे तर नारनदाई ति सबैलाई हासेरै उडाईदिन्थे । एक दिन म अबेर गरि रातको खाना खान पुग्दा, खाने ठाँउमा अरु कोहि थिएनन्, अनि खाना पनि सक्की सकेकोले नेपालिहरुको राष्ट्रीय त्वरित भोजन याने चाउचाउ बनाउदैँ नारनदाई मसंग कुरा गर्न थाले “…..अनि सर!, ‘त्यो’ भवनको ठेक्का पनि क्यान्सील हुने भो रे नी हैन?” हाम्रै अफिस परिसरमा बन्न लागेको नया भवनको शिलान्यास समेत भैसकेको अबस्थामा ठेक्का के क्यान्सील होला र भन्दै मैले भने ” हुन्न होला नारनदाई यो ठेक्का किन क्यान्सील हुन्छ र? …..कि कतै खुफीया खबर पाउनु भयो…..?” । “…..अनि के सरलाई पनि यो ठाँउ मन परेन रे?” उसले प्रसंग फेरेर अर्कै कुरा सुरु गर्‍यो “….. हैन मलाई यो ठाँउ मन परेन भनेर कसले भन्यो र? “खै काठमाण्डौ सरुवा हुन खोज्दै हुनुहुन्छ भनेर काग ले भन्थ्यो नि सर…..” । “ठाँउ मन नपरेको हैन, तर घरमै बसेर काम गर्न पाए अलि सजिलो हुन्थ्यो नी…..” मैले सरुवा हुन खोजेको कुराको भने सत्यता प्रकट गर्दै आफ्नो तर्क तेर्स्याएँ “…..ल त नारन दाई तपाईको ‘काग’ ले अरु पनि के के खवर दिन्छ मलाई बताउँदै गर्नु होला है” चाउचाउ सक्काएर म डेरातर्फ हिडें। त्यसको भोलिपल्ट कार्यालयमा दुईवटा निर्णयको खबर आयो । यौटा नारनदाईले भने जस्तै भवन निर्माणको टेण्डर रद्द भएको थियो भने मेरो काठमाण्डौ सरुवाको पनि पत्र मैले पाँए । मलाई पत्र पाएको मितिले १५ दिन भित्र काठमाण्डौ कार्यालयमा हाजिर हुन निर्देश दिईएको थियो । म सरुवा पुर्जी लिएर सिधै नारनदाई कहाँ पुगेँ । नारनदाईले शायद म भन्दा पहिल्यै सो कुरा थाहा पाईसकेका थिए क्यार …..टाडैबाट मलाई “ल सर! घर जाने हुनुभयो हैन ….. तर माया नमार्नु होला” भन्दै तात्तातो चिया ले सत्कार गरे। १५ दिनको म्याद भए पनि घर मै सरुवा भएकोले म सातौ दिनमा नै आफ्नो कार्यभार सुम्पेर काठमाण्डौ फर्कने तयारिमा जुटेँ । पत्र पाएको सातौं दिनमा म सबैसंग बिदाबारी भै काठमाण्डौ फर्कने उपक्रममा लागें, अफिसका हाकिम देखि सहकर्मी अनि चिनजानका सबैसंग बिदा भएपछि म चिया पिउने बहाना गरि नारनदाईसंग पनि बिदा हुन म नारनदाईको होटेलतर्फ लागें । कार्यालयको कम्पाउण्ड बाट नजिकै बाटो छेउमा रहेको नारनदाईको होटेलनिर आज निक्कै भिड जम्मा भएको थियो, म अनायश जम्मा भएको भिडबाट सशंकित हुदैं छिटो छिटो पाईला चालेर उनको होटलतर्फ लाग्न थालें…..त्यहा धेरैको संख्यामा तमासे र दर्शकहरु जम्मा भएका थीए ….. अलि नजिक गएर हेरें नारनदाई नीन्याउरो मुख लाएर आफ्ना झिटि गुण्टा र हाँडी चिण्डा त्यो टहरा बाहिर सारेर उदाश बसिरहेका थिए, उनको नजिकै उनका ३ जना केटा-केटि र श्रीमती पनि रनभूल्ल र पिडित अनुहारमा माटोको गाग्रो, फुटेको दराज अनी भाँच्चिएको खाट टहरा बाहिर सार्दै थिए । भिडको गाँईगुँई बाट थाहा भयो उनको त्यो होटेल राजमार्गको किनारामा निर्माण कार्य गर्न नपाईने जग्गामा बनेको रहेछ, त्यसैले नगर बिकासले भत्काउन लागेको रहेछ । अझै नजिक पुग्दा टहरा नजिक यौटा डोजर बिस्तारै बिनाशको दाह्रा फैलाउदै टहरा तर्फ बढदै गएको देखीयो । नारनदाई र उनका परिबार आफ्नो घर र कमाईखाने थलोको बिनास हेर्न नसकी भक्कानो फूटालेर रुन कराउन थाले । मलाई अझ नजिक जाने शाहस भएन र नारनदाईसंग बिदा नमागी ठाडै खुट्टा फर्के। सबैजनाको खबर पहिल्यै थाहा पाउने नारनदाई आज आफ्नै खबर पाउन नसकि बेसहारा बनेका थिए र सधै तिनकै होटेलमा खाने, पिउने, तिनैलाई जिस्क्याउनेहरु मुक दर्शक बनि हेरिरहेका थिए ।

-->

म जस्तो फुट्पाथेको बजार कता छ?

Written By Debendra Subedi on Tuesday, February 12, 2013 | 12:04 AM

गजल-३ तपाइंको सुझाबको आशा सहित

तिम्रो मेरो जिन्दगि को सार कता छ?
 तिम्लेअ जितेऔ मेरो त्यो हार कता छ?

 पापि यो दुनियामा बस्नै मन् छैन्
 म जस्तो अभागिको सन्सर कता छ?

 यि त भए एक्,दस्, सयक कुराहरु
 लुति खाको तिम्लेअ त्यो हजार कता छ?

 तिमि त सामन्ति को महल् भित्रै छीर्यौ
म जस्तो फुट्पाथेको बजार कता छ?

 देबेन्द्र सुबेदि 'देबेन'

-->

फूल झैं बास्ना छर्नु मधु झैं मिठास घोल्नुस!

Written By Debendra Subedi on Friday, December 7, 2012 | 8:05 PM

फूल झैं बास्ना छर्नु मधु झैं मिठास घोल्नुस!
 गहना हो मानिसको सुमधुर बचन बोल्नुस!

 बस्न पाए थ्याच्च र बोल्न पाए प्याच्च अरे!
 जो सँग जून सभामा बोल्दा खेरी तोल्नुस!

 शेवा गरे मेवा मिल्छ श्रद्धा गरे देवा भन्छन!
भगवान मानी आमा बाउको पाऊ मोल्नुस!

 दुःख राखे मनमा भारी लाग्छ जीवनई यो!
 सबै माँझ हजुरका मनका कुरा खोल्नुस!

 बुद्धको बाटो समाऔं शान्ति फैलाउनलाई!
 माया मोह राखी मनमा सबै ईर्ष्या पोल्नुस!

 कृष्ण मानव खड्का
 सानोश्री ३ बर्दिया

-->

कस्ती लजालु बनिछौ तिमी ?

कस्ती लजालु बनिछौ तिमी ?
 स्वार्थी मायालु बनिछौ तिमी

 मेरो तिमीलाई विश्वासै छैन?
 निकै संकालु बनिछौ तिमी

 गयौ दिएर जहर यो कस्तो ?
 साँच्चै विषालु बनिछौ तिमी

 निलौं कि थुकौं अफ्ठेरो पर्यो ?
 काँचो पिडालु बनिछौ तिमी

 नाता जोडेर मुटु नै तोड्न
 साह्रै सिपालु बनिछौ तिमी

 राज कंडेल "निराश"

-->

यस्तै हो नसोच जवानि यो ढल्दै जानेछ

यस्तै हो नसोच जवानि यो ढल्दै जानेछ ,...!
 फुलको कोपिला हो जिन्दगि गल्दै जानेछ,...!!

 यो कस्तो अचम्म जन्मेर मर्नु पर्ने,...!
चिताँ माथिको तन-मन यो बल्दै जानेछ !!

 राम्ररि ध्यान देउ पालन पोषण गरी,...!
मल-जल गर जवानि यो फल्दै जानेछ !!

 धन-जन सारा जे-जे छन संसारमा,...!
 पुग्दैन मान्छे लाई अङ्गाल्दै जानेछ !!

 मनको राम्रो,नराम्रो पापको भारी त्यो,...!
मसान घाटमा आगोले पगाल्दै जानेछ !!

:गोबिन्द चन्द सोडारी 'समर्पण'
 कालागाउं अछाम

-->

सपनिमा कैले कांही गुज्गुजायौ कि ।

Written By Debendra Subedi on Thursday, December 6, 2012 | 9:19 PM

 देबेन्द्र सुबेदी 'देबेन्'
सपनिमा कैले कांही गुज्गुजायौ कि ।
एक्लाई हुँदा कतै तिमी सुक्सुकायौ कि । ।

 मेरो माया तिमी लाई दाईजो वयो सुन ।
 कतै तिम्रो मुटु बढी धुक्धुकायौ कि । ।

 जिन्दगी को चौबाटो मा भुलेउ कतै तिमी ।
खोली तर्न कि त तिमी लुक्लुकायौ कि । ।

 बिहानी को मिर्मिरे मा पाठ पुजा हुँदा ।
मेरो माया पाइन भनी चुक्चुकायौ कि । ।

 देबेन्द्र सुबेदी 'देबेन्'
   --पाँचथर

-->

जपान,युरोप,अमेरिका रहर माग्छौ तिमी ।

 जपान,युरोप,अमेरिका रहर माग्छौ तिमी ।
 समृध त्यो एस आराम जह्रर माग्छौ तिमी । ।

देबेन्द्र सुबेदी 'देबेन' 
 सुकुम्वासी मेरो जिवन भुरा खेल्ने आगन छैन ।
 देखाउदै चिल्ला गाडी शहर माग्छौ तिमी । ।

 नानीहरु भोकै छन नि पानी छैन भान्छा भित्र ।
 कती मिठो दुधको त्यो तहर माग्छौ तिमी । ।

 एक छत्र छु तल माथी अर्को फेर्ने लुगा छैन ।
 एक नम्बरी सुन को त्यो लहर माग्छौ तिमी । ।

 देबेन्द्र सुबेदी 'देबेन'
     पाँचथर

-->

गजल संगम [14-Nov 2012]

Written By Debendra Subedi on Saturday, November 24, 2012 | 10:13 PM


Click Here to Download

-->

गजलका शेरहरु [13-Nov 2012]



Download From click Here

-->

दु:खै दु:ख मान्दामान्दै गयो जिन्दगानी

Written By Debendra Subedi on Friday, November 23, 2012 | 8:39 PM

दु:खै दु:ख मान्दामान्दै गयो जिन्दगानी
घिच्याएर तान्दातान्दै गयो जिन्दगानी

 दिल खोली खुसीबाँड्न सकिएन कहिल्यै
 सधैँ मुठी बान्दाबान्दै गयो जिन्दगानी

 हेरी ल्याउँदा कोही छैन पराई झैँ लाग्ने
 सबै आफ्नू ठान्दाठान्दै गयो जिन्दगानी

 धेरैजना"मुखमा राम राम बगलीमा छुरा"
सहीमान्छे छान्दाछान्दै गयो जिन्दगानी

 समाधान गर्न गाह्रो समस्याको जालो
जबरदस्ती धान्दाधान्दै गयो जिन्दगानी

 कोमल भट्ट
 पुरानो नैकाप,काठमाडौँ
हाल:न्युयोर्क,अमेरिका 23
 November,2012

-->

भाषण मात्र ठुला झारेर हुँदैन हजूर

Written By Debendra Subedi on Tuesday, November 20, 2012 | 7:37 AM
















भाषण मात्र ठुला झारेर हुँदैन हजूर
सोझा जनतालाइ मारेर हुँदैन हजूर

बोलेको बचन पूरा गर्नुनै पर्छ सबैले
संधै डकार मात्र कारेर हुँदैन हजूर

कानून छ भने सबैलाई समान होस
आफु साँढे अरुलाई बारेर हुँदैन हजूर

न बिर्सेउ नायक हुनु अघि के थियौ
आज्कल नक्कल पारेर हुँदैन हजूर

हिम्मत गर जीवन सुनौलो बनाउन
आत्म-बल गुमाई हारेर हुँदैन हजूर 

कृष्ण मानव खड्का ९/२९/२०१२ 
सानोश्री ३ बर्दिया  

गरिबिको चक्कीमा पिसिंदैछ हाम्रो जीवन














गरिबिको चक्कीमा पिसिंदैछ हाम्रो जीवन
देश छोड़ी प्रदेश मा घिसिंदैछ हाम्रो जीवन

छोटो जीवन लामो यात्रामा केही पूरा नभई
बगी नदीझैं सागर्मा मिसिंदैछ हाम्रो जीवन

अरुलाई छोडूँ आफुले आफुलाई नचिन्दामा
हेर आफु सँग आफै ,,रिसिंदैछ हाम्रो जीवन

तातोखून अनि योवन यो लुट्यो विदेशिले
लुटीएर बरफझैं अब चिसिंदैछ हाम्रो जीवन

कठै मानव भई जन्मिएनि कर्म त्यो भएन
मानवता नहुँदामा खीसिंदैछ हाम्रो जीवन

कृष्ण मानव खड्का ९/२९/२०१२ 
सानोश्री ३ बर्दिया 

कोही मानिसको मन जलाउने हुन्छन्











कोही मानिसको मन जलाउने हुन्छन्
कोही यहाँ जडै देखि ढलाउने हुन्छन्

आत्मविश्वास साथै हिम्मत नी हुनु पर्छ
हिट्लर को झैं शाशन चलाउने हुन्छन्

उदाहरण प्रयाप्त छन समाजमा खोज्नुस
कतिपय धरतीमा ढली पलाउने हुन्छन्

आफ्नो र अरुको सुरक्षा गर्न सक्नु पर्छ
खून पसिना पीएर यहाँ गलाउने हुन्छन्

बुझ्नु पर्छ ब्यबहार हजूर रूप हेरी हुँदैन
कोही बातले र लातले थलाउने हुन्छन्

कृष्ण मानव खड्का ९/२८/२०१२
सानोश्री ३ बर्दिया

को हिमाली को पाहाडी सबै उस्तै तराई















को हिमाली को पाहाडी सबै उस्तै तराई 
मिली जुली बसौं हजूर कोही छैन पराई

हेर नेपाली हौं भन्ने हुनु पर्छ भावनामा
आफु-आफु लड्नु हुन्न के हुन्छ कराई

आउ हामी सुध्रे सिंगोदेश सुध्रिनेछ हाम्रो
हामी सुध्री एकापसमा माया मोह सराई

देशको निम्ति केही गर्ने उदेश्य हुनुपर्छ
दिनहूँ यहाँ कति मर्छौ आफु आफै डराई

आखिर एकदिन मर्नै पर्छ जन्मिए पछि
नाम अमर गराऊँ यहाँ जानू हुन्न हराई

कृष्ण मानव खड्का ९/२८/२०१२ 
सानोश्री ३ बर्दिया 

काटी र फाँडी नारेर गोरु जोड॒नु नि पर्दछ














काटी र फाँडी नारेर गोरु जोड॒नु नि पर्दछ
जोतेर बारी माटोको डल्ला फोड॒नु नि पर्दछ

किसान तिमी देख्दीन म त खेत र बारिमा
रोपेर मात्र ,,हुँदैन खेती ,,,गोड॒नु नि ,पर्दछ

खेतीको भर ,तिमी छौ हेर ,काम नि ,गर्नुछ
समय हेरी ,,मल र जल ,,छोड॒नु नि ,,पर्दछ

गएर बारी ,जंगल झाडी ,उखेली ,फाल्नुछ
मौलेले फेरी तिमीले त्यही तोड्नु नि पर्दछ

बाली नि भयो जिविको चल्छ मजाले अबत
गरीब छोरा तिमीले भाग्य मोड॒नु नि पर्दछ

कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया

बिलौना मेरो सुनेर जाओस / पराई माया चुनेर जाओस















 बिलौना मेरो सुनेर जाओस 
पराई माया चुनेर जाओस 

फाटेको मन छोडेर दुखाई 
सियोले पीड़ा तूनेर जाओस

मायाको साटो घातले दिनहूँ 
मायालु मुटु थुनेर जाओस 

छोडेर आधा अधुरो मलाई 
अरुको भाग्य बुनेर जाओस 

सज्दैछ मेरो सरीर चितामा 
अन्तिम माला उनेर जाओस

कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया

Under Construction

This Blog is under a Construction process . So dear valuable readers please bookmark this page to come in future while this blog gets completion . Thanks!
-Nepali Novels Team

नेपाली गजल

Read More

Facebook Box

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Novel Nepal - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger