Headlines News :

आउनुस् एउटा संजाल बनाउँ

Written By Debendra Subedi on Thursday, October 4, 2012 | 12:03 AM

आउनुस् एउटा संजाल बनाउँ ।।
 साहित्य जगतलाई बबाल बनाउँ ।।

 सिर्जना चोरहरुलाई तह लगाउन
 चोरहरु नछिर्ने पर्खाल बनाउँ ।।

 भण्डाफोर हाम्रो अदालत हुनेछ
 जोगाई यसलाई विशाल बनाउँ ।।

 चनाखो भईरहन्छन दुष्मनहरु
 फन्दामा पार्न महाँजाल बनाउँ ।।

 चोर मानसिकताको उपचारार्थ
 उन्मूलन गर्ने अस्पताल बनाउँ ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

-->

वहाकिने मन -1st Oct 2012

Written By Debendra Subedi on Wednesday, October 3, 2012 | 11:51 PM

Bhahakinea  man
'वहाकिने मन' एउटा रेडियो कार्यक्रम हो । यो कार्यक्रम प्रतेक हप्ताको सोमबार बेलुकी ९:१५ पछी समुदयिक सुचना नेट्वोर्कबाट प्रसारढ हुन्छ । तपाईंले यो कार्यक्रम मित्र महावीर बिश्वकर्माको साथमा सुन्नसक्नुहुनेछ ।

Program : Bahakinea Man
With : Mahabir BK
From : CIN & other 45 radio stations.
at Every Monday of the week.



Download This Program

-->

ओइ गजल चोर्!!

सधै झै आल्छी मान्दै पड्न बसेँ साह्रै अल्छी लगे पछी मेरो पुरानो गजल डाइरी पल्टाइ केहि गजलहरु पड्न थालेँ गजल पडदै जादाँ एक गजल फुरी हाल्यो सरा सर लेख्नु थालेँ एकै छिन मा गजल पनि तयार भयो ।
Debendra Subedi "Deben"
Debendra Subedi "Deben"


जिन्दगी का रस हरु बत्ँए  त के भो ?
मेरो आफ्नो मन्छे लाई सताँए त के भो ? ?

धोकेबाज रैछौ तिमी छोडी गए पछी
अर्कै सँग घरबार बसाँए त के भो ? ?

कैले काहिँ एकान्त मा सम्झिंएर ति दिनहरु
दुइ-चार थोपा आसुँ खसाँए त के भो ? ?


तिमी लाई सम्झिँएर दुइ-चार महिना पागल बनि
दुंनिया लाई त्यसै मैलें हसाँए त के भो ? ?


जिन्दगी लाई सम्हालेर परा इ घर पुगेपछी
जवानी यो मेरो आफ्नो ढसाँए त के भो ? ?

Previously posted here at Nepali Novel : http://nepalinovels.blogspot.com/2012/04/nepali.gazal.html

जन्दै नजानी धेरै कोरमेट र सम्पादन गरेर केहि केहि गजल कै नियम हरु पनि पुरा नभएका शेरहरु लाई मिलाई जुलाई यो ब्लग र फेसबुकमा पोस्ट गरेँ, मेरो आफ्नै प्रोफैल मा पोस्ट गरेको कारण अन्त्यमा देबेन्द्र सुबेदी 'देबेन' लेखिन । पोस्ट गरेको केहि समय पछाडी नै फेसबुकमा केहि पोपुलर पेजहरु बाट मेरो गजल अर्कै को नाम म पोस्ट हुन पुगयो । ति मेरा गजलहरुले धेरै लाईक र कमेन्ट त पायो तर गर्ब गर्ने कुनै ठौउ नै थिएन मेरो लागि ।मेरो गजल चोरेर आफ्नो नाम मा पब्लिश गर्ने ति पेजहरु को वाल मा गएर ओए गजल चोर !! लेख्नु बाहेक मेरो मैले मेरो रचना माथि आफैले न्याय खोज्ने प्रायसै गरिन तर म र म जस्ता थुप्रै अरु गजल प्रेमी मित्रहरु आफ्नो गजल चोरिएर कैले सम्मन मुक्दर्शक भएर बस्ने ? अब यस्तो प्रविती को डटेर विरोध गर्ने बेला भएन र ?


-->

फुल फुलाउन पानी हाल्थे काँडा हुदै गयौ !

फुल फुलाउन पानी हाल्थे काँडा हुदै गयौ !
 जति नजिक हुन खोज्थे टाढा हुदै गयौ !

 प्रयासहरु ब्यर्थ भए तिम्लाई आफ्नो बनाउने....
फिक्का मन लाई छाडी उतै गाढा हुदै गयौ !

सुमन लम्साल "प्रमिश

-->

व्यापार होइन प्रेम सोध्यौ भाउ कसरी

व्यापार होइन प्रेम सोध्यौ भाउ कसरी
 किन्छु भन्छयौ अझै बन्यौ साउ कसरी

 तिम्रो स्वार्थी संसार म त सोझो हजुर
 भन अब तिमी आफै माया लाउ कसरी

 बिकल्प बाबु
 गितानगर चितवन

-->

अनुहार पुस्तिकामा खराब विचार नगरौँ है

Written By Debendra Subedi on Tuesday, October 2, 2012 | 4:43 AM

अनुहार पुस्तिकामा,खराब विचार नगरौँ है l
 सद्भावना मात्रै पोखौं,अश्लीलताले नभरौँ है l

 मर्यादा र शीष्टतालाई,कहिल्यै भुल्नु हुन्न l
 सिकाउने र सिक्ने थलो,कुभावना नछरौँ है l

 सकिएला कृति चोर्न,दिमाग चोर्न सकिंदैन l
 आफैं लेख्ने कोशिश गरौँ,धेरै तल नझरौँ है l

 स्वतन्त्रता सबैको हो,आफ्नूमात्र सोच्नुहुन्न l
 कसैको त्यो अधिकारलाई,कहिलेनी नहरौँ है l

 आत्मीयता भन्दा ठूलो, संसारमा केही छैन l
 मित्रता को नजर बाट, पटक पटक नमरौँ है l

 नजानेको बिषयमा, बोल्दा ठक्कर मिल्छ l
 नबुझेको जँघारलाई ,कहिल्यै पनि नतरौँ है l

 नजाने त्यो गाउँको बाटो, नसोध्नु रे भन्छन l
 झुक्किएर गइहाले नि,कहिल्यै पनि नचरौँ है l

 देखाउने र लुकाउने,दुवै दाँतलाई चिन्नु पर्छ l
 त्यत्तिकैमा कसैको नि ठ्याक्कै भर नपरौँ है l

 नैतिकता र इमान्दारी,सधैं कायम राख्नु पर्छ l
 रिस द्वेष फैलाउनलाई,कहिले अघि नसरौँ है l

 सरलता र गाम्भीर्यता सर्बप्रिय हुन्छन सधैं l
 उच्छ्रीङ्खलता राम्रो होइन कहिलेनी नधरौं हैl

कोमल भट्ट,काठमाडौँ (हाल:-न्युयोर्क,USA )
 29 September,2012 (Saturday )

-->

अति स्वच्छ माया लगाएर आयौ

अति स्वच्छ माया लगाएर आयौ l
 बल्यो दीप माला जगाएर आयौ l

 सधैं शून्यतामा हराउथें कराउथें l
सबै पीर चिन्ता भगाएर आयौ l

 कतै चित्त सानो कतै भाव खोटो l
कयौं फोहर मैला बगाएर आयौ l

 दियौ धर्ति सिंगै दियौ प्रेम चोखो l
 पिलाउनै सुधारस मगाएर आयौ l

 नपाइ सहारा बसेँ नित्य एक्लो l
गर्यौ स्नेह साँचो सगायेर आयौ l

---कोमल भट्ट (न्युयोर्क,USA )
 1st October ,2012

-->

Under Construction

This Blog is under a Construction process . So dear valuable readers please bookmark this page to come in future while this blog gets completion . Thanks!
-Nepali Novels Team

नेपाली गजल

Read More

Facebook Box

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Novel Nepal - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger