Headlines News :

भैली भन्दै आए आमा दुईचार मोहोर हालिदिनु

Written By Debendra Subedi on Sunday, November 11, 2012 | 2:33 PM














 भैली भन्दै आए आमा दुईचार मोहोर हालिदिनु
दुःख सुख तिहार लाई नी राम्रो संग टालिदिनु

भाई मेरो छैन भनी हाँस्न खेल्न न छोड़ी दिनु
दीपावली गर्नु है जताकतै बत्ती हरु बालिदिनु

म त आमा परदेश भएँ दीदी बहिनी रुन्छनकी
आत्मा शान्ति होला कागलाई रोटी फालिदिनु

अर्को साल आउँला आमा दशैं तिहार मनाउँला
बरु छिप्योस केही छैन ,एउटा भाले पालिदिनु

सुन मेरा साथीभाई ,,भैलो खेल्नु रमाउँनु पनी
झै-झगडा गर्नु हुन्न ,,,न कसै लाई गालीदिनु

कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया

ढुंगालाई देउता जनाउने क्रम जारी छ
















ढुंगालाई देउता जनाउने क्रम जारी छ
फूलपाती चढाई मनाउने क्रम जारी छ

मान्ने नमान्ने त्यिनैको हातमा छोड़ें
बालुवामा महल बनाउने क्रम जारी छ

आफ्नो भाग्य आफ्नै हातमा छ भन्छु म
दोषहरु अरुमा खनाउने क्रम जारी छ

छुराबोकी बस्छु दोबाटोमा मुसो दोबेझें
पीठ पछाडी छुरा हनाउने क्रम जारी छ

मानव"हूँ म भन्छु तर कुहीएछू खसेर
आफ्नै नजरमा गनाउने क्रम जारी छ

कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया

ढकमक्क फूलैफूलले घर आँगन भरी आयो















ढकमक्क फूलैफूलले घर आँगन भरी आयो
सुख शान्ति समृद्धि नि तिहारले छरी आयो

चहल पहल बढेको छ आउने जाने बाटो भरी
सबैलाई खुसी"तिहार"मेरो खुसी हरी आयो

फर्की सके साथी भाई तिमी भने न आउने रे
भाई न आउँने खबरले आँसू मेरो झरि आयो

पोहोर सालनि रुँदै बित्यो तिम्रो बाटो हेर्दैमा
मेरो भाई यो तिहारमा फेरी त्यस्तै सरी आयो

कमी कहाँ के भयो प्रभु मलाई सधै रुनुपर्यो
टाढा हुने दीदी भाईलाई के यस्तो परी आयो

कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया

दिल तोडके तेरे जाने पे रोया में














दिल तोडके तेरे जाने पे रोया में
दुबारा लौटके न आने पे रोया में

काँटों भरी राहोमें सवार हूँ तबसे
सादीके तेरे खबर पाने पे रोया में

यादोंमे तेरे खोया रहेता हूँ रातोंमे
दिल टूटी ,दर्द भरे गाने पे रोया में

मेरी चाह मुझे भी कोई प्यार करे
फिर उसीसे चोट खाने पे रोया में

चुव्ती हे चाँदनी शरदमें भी तनको
रात दर्दकी बद॒ली छाने पे रोया में

कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया

फूल्न त फुलियो नि फल्न सकिएन हजूर












फूल्न त फुलियो नि फल्न सकिएन हजूर
स्वार्थी भई अरु सँगै ढल्न सकिएन हजूर

आफ्नो दुनो सोझाउनलाई औँला बंग्याएर
दुनियाको आँखा नि छल्न सकिएन हजूर

मौक़ा र अवसर त मैले कती पाएँ पाएँ खै
मानवता बोकी आएँ गल्न सकिएन हजूर

गजल लेखी यही बाट ,शान्ति फैलाउनेछू
तर छाती खुसीले त मल्न सकिएन हजूर

सोंच हेर मेरो माहान ,पूरा होला हुन्न की
शान्तिको ज्योति भै जल्न सकिएन हजूर

कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया

कृष्ण मानव खड्का सानोश्री ३ बर्दिया











काटी र फाँडी ,नारेर गोरु ,जोड॒नु नि ,पर्दछ!
जोतेर बारी माटोको डल्ला फोड॒नु नि पर्दछ!

किसान तिमी देख्दीन म त खेत र बारिमा!
रोपेर मात्र ,,हुँदैन खेती ,,,गोड॒नु नि ,पर्दछ!

खेतीको भर ,तिमी छौ हेर ,काम नि ,गर्नुछ!
समय हेरी ,,मल र जल ,,छोड॒नु नि ,,पर्दछ!

गएर बारी ,जंगल झाडी ,उखेली ,फाल्नुछ!
मौलेले फेरी तिमीले त्यही तोड्नु नि पर्दछ!

बाली नि भयो जिविको चल्छ मजाले अबत!
गरीब छोरा तिमीले भाग्य मोड॒नु नि पर्दछ!

कृष्ण मानव खड्का 
सानोश्री ३ बर्दिया
k

--> शुभकामना मित्रजनलाई तिहारको न भूली!
मनाउनु खुसी मानी साथी भाई मिली,जुली!

मन न दुखोस,धन फलोस,माया नि बढोस!
प्रगतिले पाउ चुमुन,,सगरमाथा जस्तै चूली!

मनको मैलो पखालेर स्वच्छ भावनाले है त!
रिस-राग त्यागी सबले ,मिठाई जस्तै घुली!

फूलहरु आँगनीमा दियो बत्ती झिलिमिली छ!
सदभाव भरौँ एक-आपसमा माया मोह हुली!

काले,गोर,भून्टे,स्याने मेरा सबै साथी भाई!
च्यान्टी,प्यान्टी सीता,रीता कता छिन ठुली?

योपाली त दशैं,तिहार साथी भाई बिना भयो!
बाँचे अर्को साल हैत बन्धन मुक्त भई खुली!

कृष्ण मानव खड्का 


सानोश्री ३ बर्दिया

Under Construction

This Blog is under a Construction process . So dear valuable readers please bookmark this page to come in future while this blog gets completion . Thanks!
-Nepali Novels Team

नेपाली गजल

Read More

Facebook Box

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Novel Nepal - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger