Headlines News :

दशैं आयो राम्रै सङ्ग,मनाउनु है साथी

Written By Debendra Subedi on Monday, November 19, 2012 | 10:52 PM


दशैं आयो राम्रै सङ्ग,मनाउनु है साथी
*******************************
 दशैं आयो राम्रै सङ्ग, मनाउनु है साथी
 आफ्नो रीतिरिवाजमा,रमाउनु है साथी

 केटा केटी आँगनमा,रौनकता छर्लान
 बजारमा नयाँ लुगा, छनाउनु है साथी

 आफन्त र नातेदार,सबै जम्मा होलान
 आपसमा माया प्रीति,खनाउनु है साथी

 जमरा र टीका लगाइ,नाचगान गर्लान
 सबै लाई मीठा गीत, भनाउनु है साथी

मान्यजन र बूढाबूढी,आशिर्वाद देलान
 सदप्रेमले हाँसी खुसी, बनाउनु है साथी

 फैलाउंदै यश कीर्ति,प्रतिभावान बन्दै
संसारमा ठूलो नाम, कमाउनु है साथी

कोमल भट्ट ,काठमाडौँ (हाल:- न्युयोर्क ,अमेरिका)
 विजयादशमीको हार्दिक मंगलमय शुभकामना

-->

धेरै तल खस्नुपर्ला,संसारलाई ढाँट्यौ किन

धेरै तल खस्नुपर्ला,संसारलाई ढाँट्यौ किन
 ***************************
धेरै तल खस्नुपर्ला,संसारलाई ढाँट्यौ किन
 दलदलेमा फस्नुपर्ला,नकामलाई आँट्यौ किन?

आफ़्ले खन्या खाडलमा,आँफै परे पछि
रहरलाई कस्नुपर्ला,यस्तो डोरी बाट्यौ किन ?

मित्रतालाई लत्याएर, लाग्दा अर्कै बाटो फेरी
 सङ्गै बस्नुपर्ला,मायाँ प्रीति साट्यौ किन?

वास्तविकता लुकाएर असत्यलाई रोज्दा
खरानी नै घस्नुपर्ला,आफ्नै बुद्धि चाट्यौ किन?

 सोझो मनलाई सताएर गर्यौ धोका बाजी
भङ्गालोमा पस्नुपर्ला,चोखो मुटु काट्यौ किन?

Copy right @ कोमल भट्ट ,
काठमाडौँ l (हाल :- Rochester ,Newyork )
October 30 ,2012 .

-->

आजभोलि यस्तोलाग्छ,झुकेको छ देश मेरो l

आजभोलि यस्तोलाग्छ,झुकेको छ देश मेरो l
परदेशीको दिलमा पनि ,दुखेको छ देश मेरो l

हाम्रो गौरव गाथा के हो? धेरै लाई थाहै छैन l
सगरमाथा हाम्रो आफ्नै,लुकेको छ देश मेरो l

छिमेकीछन् झलमल्ल,हाम्लाई अँध्यारोमा l
बगेकाछन् कोशी काली,सुकेको छ देश मेरो l

चोरबस्छन चौतारीमा,सज्जन पाउँछ शूली l
असक्त र निमुखालाई ,भुकेको छ देश मेरो l

कोहि पुगे चन्द्रमामा ,कोहि मंगल धाउँछन् l
सधैं भरि कुर्सी पाउन , ढुकेको छ देश मेरो l

-----कोमल भट्ट ,न्युयोर्क
8 October ,2012



-->

गीत -मै दुखी रुन्छु धुरु मा धुरु पर्देशको आँगनमा

Written By Debendra Subedi on Tuesday, November 13, 2012 | 6:18 AM

















देउसी र भैलो गुन्जिन थाल्यो घर्देशको आँगनमा
मै दुखी रुन्छु धुरु मा धुरु पर्देशको आँगनमा
------------------------------------------------------
दुख्दैछ मुटु कुटू र कुटू पीड़ाले अति भो
सुख त हजूर भाग्यमा कक्ति न लेखे जती भो
वारी र पारी झिली र मिली बत्तीको तांतीले
खोज्दै पो छनकी गाउँमा मलाई संगी र साथीले
------------------------------------------------------
म आउन पाईन दीदी र बहिनी तिहारमा न रोए
उनेर माल सयपत्री थुंगा आँसुले न धोए
बाँचेछू भने फर्केर आउँछू आईसालको तिहारमा
अहिलेलाई भने माफ़ गरे दीदी न बसे पिरैमा
-----------------------------------------------------
फोटो छ राखी दैलोमा ओखार फोडर फाल्दिनु
न मारे माया दीदी र बहिनी जोडेर पाल्दिनु
संग छन तिम्रा साथी र संगी खुसीले मनाउनु
भएन भाई दुःख भो भनी न आँसुले जनाउनु
----------------------------------------------------
देउसी र भैलो गुन्जिन थाल्यो घर्देशको आँगनमा
मै दुखी रुन्छु धुरु मा धुरु पर्देशको आँगनमा
----------------------------------------------------
कृष्ण मानव खड्का  
सानोश्री ३ बर्दिया 

विदेशीए युवा जती छाती भरि देश दुख्छ














 विदेशीए युवा जती छाती भरि देश दुख्छ
सुन्य भयो गाउँ बेसी छाती भरि देश दुख्छ

सुस्त,सुस्त सीमाना मिच्दैछ दक्षिण, तीर 
न सोच्दा गम्भीर भई छाती भरि देश दुख्छ

गणतंत्र आए पनी राणा सासन चलेकै छ
मनपरी गरीब माथी छाती भरि देश दुख्छ

ह्त्या हींषा बढेको छ शांती म कहाँ खोजूँ
सुरक्षित रहेन कोही छाती भरि देश दुख्छ

ठुलो दोष राजनीतीको मेरो देश बिग्रनुमा
उठ्दैनौं की नेपाली छाती भरि देश दुख्छ

कृष्ण मानव खड्का 
सानोश्री ३ बर्दिया

भैलोमा...शुभकामना मित्रजनलाई तिहारको नभूली

Written By Debendra Subedi on Monday, November 12, 2012 | 1:31 AM














शुभकामना मित्रजनलाई तिहारको नभूली
मनाउनु खुसी मानी साथी भाई मिली,जुली

मन न दुखोस,धन फलोस,माया नि बढोस
प्रगतिले पाउ चुमुन,,सगरमाथा जस्तै चूली

मनको मैलो पखालेर स्वच्छ भावनाले है त
रिस-राग त्यागी सबले ,मिठाई जस्तै घुली

फूलहरु आँगनीमा दियो बत्ती झिलिमिली छ
सदभाव भरौँ एक-आपसमा माया मोह हुली

काले,गोर,भून्टे,स्याने मेरा सबै साथी भाई
च्यान्टी,प्यान्टी सीता,रीता कता छिन ठुली

योपाली त दशैं,तिहार साथी भाई बिना भयो
बाँचे अर्को साल हैत बन्धन मुक्त भई खुली

कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया

भन्दिन जूनको ज्योति ल्याऊ मलाई

Written By Debendra Subedi on Sunday, November 11, 2012 | 2:35 PM















भन्दिन जूनको ज्योति ल्याऊ मलाई
भन्दिन अनमोल मोती ल्याऊ मलाई

नसम्झनु भिकारी चोरी खाईन कैलेई
सक्छौ एक प्रहरको रोटी ल्याऊ मलाई

 गरीब हूँ म शरिरमा झुत्रो लुगा छ मेरो
नहाँस पापी ढाक्छु धोती ल्याऊ मलाई

हिम्मत,आँट अनि जाँगरीलो छु भरपूर
एकपटक अवसरले छोपी ल्याऊ मलाई

म विरूवा छु सारेर जहाँ नी सर्न सक्छु
तराई,पहाड,हिमाल रोपी ल्याऊ मलाई

नाम हूँ त्यो जून तोकिएको छ शांतिमा
हुन्छ सुनौलो रंगमा चोपी ल्याऊ मलाई

कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया

Under Construction

This Blog is under a Construction process . So dear valuable readers please bookmark this page to come in future while this blog gets completion . Thanks!
-Nepali Novels Team

नेपाली गजल

Read More

Facebook Box

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Novel Nepal - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger