Headlines News :

यो तीजमा रातो सारी लर्काएर नाच चेली !

Written By Debendra Subedi on Sunday, September 9, 2012 | 12:12 AM

राज कंडेल "निरास"
राज कंडेल "निरास"

यो तीजमा रातो सारी लर्काएर नाच चेली !
बारूले त्यो कमर तिम्रो मर्काएर नाच चेली !

 बर्ष दिन्को चाड आउदा रमाईलो गर्नु पर्छ ,
गाऊँ बस्ती शहर सबै थर्काएर नाच चेली !

 बिकृती र बिसंगती फैलीदैछ आज भोली ,
 बिरूद्धमा गीति नारा चर्काएर नाच चेली !

 नारी माथी अन्याय र अत्याचार गर्नेलाई , ...
तिरस्कृत पार्दै पर सर्काएर नाच चेली !

 समाजमा नारी पुरुष समान छ भन्ने ज्ञान , .
गीत बाटै जता-ततै छर्काएर नाच चेली !

 राज कंडेल "निरास"



नेपथ्यको लीला सबले कहाँ बुझ्या छ र !

भन्नलाई सबै भन्छन् म छु ब्रह्मचारी
नेपथ्यको लीला सबले कहाँ बुझ्या छ र !

Narayan Nepal
Narayan Nepal
 एकान्तमा कल्पनाले सताएको बेला
 कति चोटी परेको छु कामिनीका फेला
 पुरुषत्त्व बिटुलिन कहाँ चुक्या छ र
नेपथ्यको लीला सबले कहाँ बुझ्या छ र !

 लुटेको छ नजरले दृश्य थरीथरी
जुटेको छ नवजीवन स्पर्शमा परी
 उसै मीठो स्वप्नदोष कहाँ खुल्या छ र
 नेपथ्यको लीला सबले कहाँ बुझ्या छ र !

 कुमारीत्व बिसाउने अति आएका छन्
 घरबेघरका रति कति धाएका छन्
प्रकृतिमा पुरू खोली कहाँ सुक्या छ र
 नेपथ्यको लीला सबले कहाँ बुझ्या छ र !

 गर्या छैन अस्वश्थ यो पर्या छैन भेल
 पशुवत नहोस् यौन जिन्दगीको खेल
 सम्बन्धको लिंगे प्रश्न कहाँ झुक्या छ र
नेपथ्यको लीला सबले कहाँ बुझ्या छ र !
Narayan Nepal

तिम्ले भगाई बिहे गर्ने अहँ यो हुनै सक्दैन!

Written By Debendra Subedi on Saturday, September 8, 2012 | 11:53 PM

तिम्ले भगाई बिहे गर्ने अहँ यो हुनै सक्दैन!
 गाउँ छोडेर अन्तै सर्ने अहँ यो हुनै सक्दैन!
Asmi Gm
Asmi Gm

 पैले घरमा आइ तिम्ले हात नमागी
अहिलै तिम्रो बाहुमा मैले पर्ने अहँ यो हुनै सक्दैन!!

.खालि सिउँदो भर्न सारा छर छिमेकी नल्याई
 तिम्ले सिन्दुर एक्लै भर्ने अहँ यो हुनै सक्दैन!!

 तिम्रो भरमा परि कन आफु सक्षम नभइ
 हात समाई जंघार तर्ने अहँ यो हुनै सक्दैन!!

 तोडी खुनको नाता सुम्पी तिम्रो हातमा
जीवन भए बिस्वास घात मर्ने अहँ यो हुनै सक्दैन!!

 मिठो सपना देखि कालो पट्टि लगाई आँखामा
 बाउ आमाको खुशी हर्ने अहँ यो हुनै सक्दैन!!
Asmi Gm

हेला हैन मायाले आत्मा भित्र सम्मान दिउ !

महिलाको साथ नपाए सम्म ,
Nisha Khanal Aryal
 पुरुषको पुरुस्वार्थ बेकार हुन्छ ,
 महिलालाई हेला गर्ने ,
पुरुष पनि धिकार हुन्छ !

 पुरुष तुलनामा महिला ,
 शक्ति शाली हुन्छिन अरे !
 पुरुषको अस्तित्वलाई ,
महिलाले नै ढाकछिन अरे !

 एक अर्काको पुरकले गर्दा ,
पुरुष महिला शोभायमान देखिन्छ रे,
एक अर्काको आत्माको मिलन बिना ,
 महान बन्न सक्दैनन अरे!

 सहनशीलताको शक्ति हुदैन पुरुषमा ,
जति महिलाले सहनछिन अरे ,
सन्तानलाई जन्म दिने शक्तिले गर्दा ,
धर्ती आमा भनि कहलिन्छिन् अरे ,!

 दुर्गा नामले पुजिंछिन् उ ,
काली नामले प्रशिद्ध छिन ,
किन कि उनि जस्तो अबस्था संग पनि ,
 संधर्ष र जुध्न सक्दछिन !

 दुबैको सहभागितालाई एउटा सुनौलोनाम दिउ
 हेला हैन मायाले आत्मा भित्र सम्मान दिउ
 यहा मात्र छ नारी र पुरुष भन्ने नाम हाम्रो,
त्यही नामलाई आज सु सम्मानले सजाई दिउ !

Nisha Khanal Aryal

नशा फेसबुकको

Written By Debendra Subedi on Tuesday, September 4, 2012 | 1:40 AM

यो संसार नै एउटा, नशाको संजाल हो,
Jeeva Raj Budhathoki
Jeeva Raj Budhathoki
फेसबुक एउटा यसको, गति र ताल हो !!
केमा छैन र नशा रक्सीमा, जुवामा अनि,
प्रेममा, लागु औषध र फेसबुकमा पनि !!


 साथी र आफन्त विचको, संचार साधन.
 भरपर्दो सूचना र खवरको आदान प्रदान !!
कला संगित कवि खेलाडी सबैको पसन्द.
मनोरञ्जन र ख्याल ठट्टाको क्या आनन्द !!

 स्वास्थ बाधा, समय बर्वाद, उपलब्धी छैन,
दिनमा सत्र धण्टाले पनि, चित्त बुझ्ने हैन !!
छोडौं भन्यो सकिंदैन आज अन्तिम भन्दै,
सल्लाह चाहियो मित्रहरु नत्र भो यो धन्दै !!

Jeeva Raj Budhathoki

रण लड्न जान्छौ भय छैन भन्छौ...

रण लड्न जान्छौ भय छैन भन्छौ...
मन साथ लान्छौ भय छैन भन्छौ...
Postraj Chapagain
Postraj Chapagain

 बन बस्नु पर्दा कण धूल खस्दा
 सय सास तान्छौ भय छैन भन्छौ...

 छिन हिक्क आए नभनेर तीतो
 निमझोल खान्छौ भय छैन भन्छौ...

 जति चोट लाग्छन् उति आजलाई
 यमराज ठान्छौ भय छैन भन्छौ...

 पल मृत्यु सम्झी दिल ढक्क फुल्दा
 भगवान मान्छौ भय छैन भन्छौ...

Postraj Chapagain

के सोधेको होला यार कसको छोरो अरे

Deependra Deepit Hamal
Deependra Deepit Hamal
के सोधेको होला यार कसको छोरो अरे
चिन्नु छैन जान्नु छैन त्यसै मोरो अरे

 यीनिहरु अनुहारमा हेर्दैनन् कि क्या हो ?
 कालो मान्छेलाई यार गहुँगोरो अरे ।।


Deependra Deepit Hamal

Under Construction

This Blog is under a Construction process . So dear valuable readers please bookmark this page to come in future while this blog gets completion . Thanks!
-Nepali Novels Team

नेपाली गजल

Read More

Facebook Box

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Novel Nepal - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger