Headlines News :
Home » » नेपथ्यको लीला सबले कहाँ बुझ्या छ र !

नेपथ्यको लीला सबले कहाँ बुझ्या छ र !

Written By Debendra Subedi on Sunday, September 9, 2012 | 12:08 AM

भन्नलाई सबै भन्छन् म छु ब्रह्मचारी
नेपथ्यको लीला सबले कहाँ बुझ्या छ र !

Narayan Nepal
Narayan Nepal
 एकान्तमा कल्पनाले सताएको बेला
 कति चोटी परेको छु कामिनीका फेला
 पुरुषत्त्व बिटुलिन कहाँ चुक्या छ र
नेपथ्यको लीला सबले कहाँ बुझ्या छ र !

 लुटेको छ नजरले दृश्य थरीथरी
जुटेको छ नवजीवन स्पर्शमा परी
 उसै मीठो स्वप्नदोष कहाँ खुल्या छ र
 नेपथ्यको लीला सबले कहाँ बुझ्या छ र !

 कुमारीत्व बिसाउने अति आएका छन्
 घरबेघरका रति कति धाएका छन्
प्रकृतिमा पुरू खोली कहाँ सुक्या छ र
 नेपथ्यको लीला सबले कहाँ बुझ्या छ र !

 गर्या छैन अस्वश्थ यो पर्या छैन भेल
 पशुवत नहोस् यौन जिन्दगीको खेल
 सम्बन्धको लिंगे प्रश्न कहाँ झुक्या छ र
नेपथ्यको लीला सबले कहाँ बुझ्या छ र !
Narayan Nepal

Share this article :

1 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Novel Nepal - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger