Headlines News :
Home » » यो तीजमा रातो सारी लर्काएर नाच चेली !

यो तीजमा रातो सारी लर्काएर नाच चेली !

Written By Debendra Subedi on Sunday, September 9, 2012 | 12:12 AM

राज कंडेल "निरास"
राज कंडेल "निरास"

यो तीजमा रातो सारी लर्काएर नाच चेली !
बारूले त्यो कमर तिम्रो मर्काएर नाच चेली !

 बर्ष दिन्को चाड आउदा रमाईलो गर्नु पर्छ ,
गाऊँ बस्ती शहर सबै थर्काएर नाच चेली !

 बिकृती र बिसंगती फैलीदैछ आज भोली ,
 बिरूद्धमा गीति नारा चर्काएर नाच चेली !

 नारी माथी अन्याय र अत्याचार गर्नेलाई , ...
तिरस्कृत पार्दै पर सर्काएर नाच चेली !

 समाजमा नारी पुरुष समान छ भन्ने ज्ञान , .
गीत बाटै जता-ततै छर्काएर नाच चेली !

 राज कंडेल "निरास"



Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Novel Nepal - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger