Headlines News :

को हिमाली को पाहाडी सबै उस्तै तराई

Written By Debendra Subedi on Sunday, September 30, 2012 | 8:52 AM


!को हिमाली को पाहाडी सबै उस्तै तराई
!मिली जुली बसौं हजूर कोही छैन पराई

!हेर नेपाली हौं भन्ने हुनु पर्छ भावनामा
?आफु-आफु लड्नु हुन्न के हुन्छ कराई

!आउ हामी सुध्रे सिंगोदेश सुध्रिनेछ हाम्रो
!हामी सुध्री एकापसमा माया मोह सराई

!देशको निम्ति केही गर्ने उदेश्य हुनुपर्छ
!दिनहूँ यहाँ कति मर्छौ आफु आफै डराई

!आखिर एकदिन मर्नै पर्छ जन्मिए पछि
!नाम अमर गराऊँ यहाँ जानू हुन्न हराई

कृष्ण मानव खड्का ९/२८/२०१२
सानोश्री ३ बर्दिया


हर्ष,उल्लास,उमँग ,,लिई आओस् वडादशै


!हर्ष,उल्लास,उमँग ,,लिई आओस् वडादशै
!सुख,शांति,समृद्धि बनी छाओस्  वडादशैं

!नबनोस कसैलाई दशा कामना गर्दैछु म
!धनि,गरीब सबैले मान्न पाओस्  वडादशैं

!सम्झी दशैं रुन नपरोस कसैलाई भन्छु
!बर्ष भरीलाई यादगार ब,नाओस्  वडादशैं

!सम्पूर्ण नेपालीमा फैलाई माया,मोह,संधै
!एकार्कामा सदभाव भरी जाओस्  वडादशैं

!शुभकामना मेरो मित्रहरु,आफन्त,सबैमा
!जीवनमा मिठो ज्योति जलाओस् वडादशैं

कृष्ण मानव खड्का   ९/३०/२०१२ 
सानोश्री ३ बर्दिया  

गजलका पानाहरु

गजलका पानाहरु



गजलका पानाहरु

आवाजको दुनियामा इन्टरनेट नेपाली रेडियो - रेडियो हाम्रो संसार डट कमको प्रस्तुती गजल अनुरागी मित्रहरुका लागि कार्यक्रम "गजलका पानाहरु" प्रस्तोता गजल प्रेमी औसिकोरातमा इन्द्रमान आत्माको साथमा सुन्नुहोस|


Every night 8 pm in the time of Israel.

-->

हेल्लो हाम्रो चौतारी

हेल्लो हाम्रो चौतारी


हेल्लो हाम्रो चौतारी
प्राबिधिकमा उद्धबको साथमा प्रस्तोता सागर श्रेष्ठको साथमा कार्यक्रम "हेल्लो हाम्रो चौतारी" को लाइभ रेकर्ड पुन: सुन्नुहोस ! अनि प्रतिक्रिया दिनुहोस |



Hello Hamro chautari is a program by Online radio Hamro sansar.

-->

नाना भाँतिका कुरा नगर !

Written By Debendra Subedi on Saturday, September 29, 2012 | 9:08 AM

नाना भाँतिका कुरा नगर !
 माना पाथीका कुरा नगर !

राज कंडेल "निरास"
राज कंडेल "निरास"
 हुन्छ रगत सबैको रातो ,
जात जातीका कुरा नगर !

 नारा उठाउ समानताको ,
तल माथीका कुरा नगर !

 पैशामा मायाँ बेचेर हिंड्ने ,
विश्वास घातीका कुरा नगर !

 मित्रता के हो बुझ्नै नसक्ने ,
स्वार्थी साथीका कुरा नगर !


राज कंडेल "निरास"

-->

धन को होईन मन को कुरा गर ।

धन को होईन मन को कुरा गर ।
 मन मिल्छ कि ? माया को कुरा गर ।

 मपनी त तिमीलाई मन परौछु ।
 दोधार मा किन पृतिका कुरा गर ।

 बगी जाने खोला हो,बैन्स फर्किदैन ।
 लुकाएर कती बस्छौ चाहाको कुरा गर ।

 माया नै जिवनको जिउने आधर हो ।
 नसर्माउ नलजाउ माया यो पुरा गर ।

 धनको होईन मनको कुरा गर ।
 मन मिल्छकी माया को कुरा गर ।

दीपक प्रातप थापा'दीप्'
 लम्जुङ्,भकुन्डे बजार
 हाल,यु अ इ ।



-->

एक पटक टोकियो

EAK PATAK TOKYO - VISMA UPRETI
A book eak patak tokyo by Visma Upreati is published out by Ratna pustak vandar. This book is totally about a journey of Visma Upreti in Tokyo , Japan.The special attractiveness of this book is its contains a glorious memories of Japan . Writer Upreti also give a space to a one poet who live from the boom blast in Hiroshima.

EAK PATAK TOKYO - VISMA UPRETI 

Name of Novel : Eak Patak Tokyo एक पटक टोकियो 
Author - Visma Upreti
Publisher- Ratna Pustak Vandar
Price - Rs 85










-->

Under Construction

This Blog is under a Construction process . So dear valuable readers please bookmark this page to come in future while this blog gets completion . Thanks!
-Nepali Novels Team

नेपाली गजल

Read More

Facebook Box

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Novel Nepal - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger