Headlines News :
Home » , » जिन्दगीमा तिमी आयौ ढुक्क भएँ म!

जिन्दगीमा तिमी आयौ ढुक्क भएँ म!

Written By Debendra Subedi on Monday, September 24, 2012 | 4:32 AM

जिन्दगीमा तिमी आयौ ढुक्क भएँ म!
वसन्त बनी तिमी छायौ ढुक्क भएँ म! !

कृष्ण मानव खड्का
कृष्ण मानव खड्का
बेसुर थिए मेरा जिन्दगीका गीत हरु !
त्यो सूरमा तिमीले गायौ ढुक्क भएँ म! !

वर्षौ खोजें तर मनलाई कोही भाएनन् !
आज मनलाई तिमी भायौ ढुक्क भएँ म! !

भर छैन भन्थे मित्र तर तिमीले सिरमा
हात राखी कसम खायौ ढुक्क भएँ म! !

तिम्रो भर परें म तिमी मेरो भरमा परेर !
चोखो माया पिरती लायौ ढुक्क भएँ म!

 कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Novel Nepal - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger