अरुको काममा भाँजी हाल्नु हुन्न साथी !
सधै राम्रो काम गर्नु पर्छ आफु असल भई
मनको मैलो पखाल्नु छ सबैले आ-आफ्नो
मनमा घमण्ड, रिसराग़ पाल्नु हुन्न साथी!
मानिस काँचो भए पनी ब्यबहार पाको होस्
बिस्वासको पाटो कहिल्यै ढाल्नु हुन्न साथी !
कहिले काहीं झुटो हुन्छ देखे सुनेको पनी
समाजमा कुरा काट्न थाल्नु हुन्न साथी !
कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया
0 comments:
Post a Comment